२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जाने कामदारको लागि २ खाले भिषा, कामदारले परिवार लान पाउने कि नपाउने ?

१० पुष २०७५, मंगलवार २०:४५

पुष ११, काठमाडौँ | मंगलबार जापान सरकारले नेपाल सहित ९ देशबाट कामदार लिने निर्णय गरेसंगै यस बिषयमा चौतर्फी चासो बढेको छ | जापानले आगामी अप्रिल महिनाबाट पहिलो चरणमा ३ लाख ४५ हजार कामदार जापान लाने भएको हो | 

जापानले लिन लागेको कामदारहरुमा नेपाल, चीन, मंगोलिया, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स र भियतनाम रहेका छन् | ९ देशबाट कामदार पूर्ति गरेसँगै जापानमा हाल अभाव भएको कामदारको समस्या समाधान हुने बताइएको छ | पांच बर्षको अवधिमा जापानले १४ बिभिन्न क्षेत्रमा ३ लाख ४५ हजार कामदार लिनेछ | कामदारलाई जापानको कामदार भिषामा जानको लागि अनिवार्य जापानी भाषा सहित बिभिन्न नियमहरु लागु हुनेछन् |

अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ । यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन् । यसमा नेपालीसहित ९ देशका ११ भाषीलाई लक्ष्य गरिएको छ । यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दै उनीहरूलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन् ।

जापान जानको लागि न्युनतम उमेर १८ बर्षको हुनुपर्ने छ भने दुई प्रकारका भिषामा कामदारहरु जापान जान पाउनेछन् | दुवै प्रकारको भिषा ५ बर्षको अवधिको हुने बताइएको छ | एक प्रकारको भिषा अर्ध दक्ष कामदारको लागि जारी हुनेछ | यस्तो भिषा भएका कामदारले ५ बर्षसम्मको अवधिसम्म जापान बस्दा आफ्नो परिवार लैजान पाउने छैनन् | त्यस्तै ५ बर्ष भन्दा बढी जापान बस्न चाहेमा तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्नेछ | त्यसपछि मात्र प्रक्रिया पुरा गरेर परिवार लैजान सक्नेछन् |

त्यस्तै दोश्रो भिषा प्रक्रिया अनुसार तोकिएको क्षेत्रमा दक्ष कामदारहरुले पनि ५ बर्षे भिषा प्राप्त गर्छन | यस्तो भिषा भएका कामदारले भने प्रकृया पुरा गरि आफ्नो परिवार जापान लैजान पाउनेछन् | 

जापान सरकार आफैले आप्रवासी कामदारको सुरक्षा तथा सेवा-सुविधामा विशेष निगरानी राख्ने हुँदा कामदारको उचित व्यवस्थापन हुने बताइएको छ | 

सम्पूर्ण अपडेटको लागि 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान