२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जाने कामदारको लागि २ खाले भिषा, कामदारले परिवार लान पाउने कि नपाउने ?

२०७५, १० पुष मंगलवार २०:४५

पुष ११, काठमाडौँ | मंगलबार जापान सरकारले नेपाल सहित ९ देशबाट कामदार लिने निर्णय गरेसंगै यस बिषयमा चौतर्फी चासो बढेको छ | जापानले आगामी अप्रिल महिनाबाट पहिलो चरणमा ३ लाख ४५ हजार कामदार जापान लाने भएको हो | 

जापानले लिन लागेको कामदारहरुमा नेपाल, चीन, मंगोलिया, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स र भियतनाम रहेका छन् | ९ देशबाट कामदार पूर्ति गरेसँगै जापानमा हाल अभाव भएको कामदारको समस्या समाधान हुने बताइएको छ | पांच बर्षको अवधिमा जापानले १४ बिभिन्न क्षेत्रमा ३ लाख ४५ हजार कामदार लिनेछ | कामदारलाई जापानको कामदार भिषामा जानको लागि अनिवार्य जापानी भाषा सहित बिभिन्न नियमहरु लागु हुनेछन् |

अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ । यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन् । यसमा नेपालीसहित ९ देशका ११ भाषीलाई लक्ष्य गरिएको छ । यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दै उनीहरूलाई सहजीकरण गर्न यस्ता परामर्श केन्द्र स्थापना हुन लागेका हुन् ।

जापान जानको लागि न्युनतम उमेर १८ बर्षको हुनुपर्ने छ भने दुई प्रकारका भिषामा कामदारहरु जापान जान पाउनेछन् | दुवै प्रकारको भिषा ५ बर्षको अवधिको हुने बताइएको छ | एक प्रकारको भिषा अर्ध दक्ष कामदारको लागि जारी हुनेछ | यस्तो भिषा भएका कामदारले ५ बर्षसम्मको अवधिसम्म जापान बस्दा आफ्नो परिवार लैजान पाउने छैनन् | त्यस्तै ५ बर्ष भन्दा बढी जापान बस्न चाहेमा तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्नेछ | त्यसपछि मात्र प्रक्रिया पुरा गरेर परिवार लैजान सक्नेछन् |

त्यस्तै दोश्रो भिषा प्रक्रिया अनुसार तोकिएको क्षेत्रमा दक्ष कामदारहरुले पनि ५ बर्षे भिषा प्राप्त गर्छन | यस्तो भिषा भएका कामदारले भने प्रकृया पुरा गरि आफ्नो परिवार जापान लैजान पाउनेछन् | 

जापान सरकार आफैले आप्रवासी कामदारको सुरक्षा तथा सेवा-सुविधामा विशेष निगरानी राख्ने हुँदा कामदारको उचित व्यवस्थापन हुने बताइएको छ | 

सम्पूर्ण अपडेटको लागि 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै