२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निशुल्क सीप परीक्षणका लागि निवेदन दिने म्याद थप, यी हुन् सम्पर्क गर्ने ठाउँहरु

१२ पुष २०७५, बिहीबार ११:१६

पुस १२, काठमाडौं । सरकारले विदेशबाट सीप आर्जन गरेर फर्किएका युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिने म्याद थप गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पुस ३० गतेसम्म सीप प्रमाणिकरणका लागि निवेदन दिने म्याद थप गरेको हो ।  

यसअघी पुस ११ गतेसम्मका लागि  निवेदन दिने म्याद राखिएकोमा प्रयाप्त निवेदन नआएका कारण म्याद थप गरिएको वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले साझा सवाललाई जानकारी दिनुभयो । सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

बैदेशिक रोजगारीबाट नेपाल फर्किएकाकाहरुलाई लक्षित गरि  बैदेशिक रोजगारीको क्रममा सिकेको सीपको परिक्षण नेपालमा गरिन लागेको हो । विदेशमा रहंदा लिएको सिपको सीपको परिक्षण गरि प्रमाणीकरण पश्च्यात प्रमाणपत्र उपलब्ध गराउने लक्ष्य वोर्डले लिएको  छ ।  

सरकारले जारी गरेको सूचना अनुअसार २० वटा पेशाको  प्रमाणिकरण गरिंदैछ । सीप प्रमाणिकरणको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ । 

समितिले नै फारम संकलन तथा सीप परीक्षण  र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् । समितिबाट सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।  

यी हुन् परीक्षण हुने सीपहरु 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने जनाएको छ ।यस अन्तर्गत  विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप अमावेष गरिएको छ । 

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण हुनेछ । 

सातै प्रदेशमा फारम संकलन केन्द्रहरु

सातै प्रदेशमा केन्द्र स्थापना गरेर विदेशबाट सीप आर्जन गरेर फर्किएका युवाको सीप प्रमाणिकरणका लागि व्यवस्था मिलाइएको छ ।

प्रदेश १ अन्तर्गत झापामा, दमक टेक्निकल एजुकेशन फाउन्डेशन प्रालि र सुनसरीमा पाथिभरा हिमालयन पोलिक्लिनक प्रालिमा सीप प्रमाणिकरणका लागि निवेदन दिन सकिनेछ । 

प्रदेश २ अन्तर्गत सिरहामा लहान प्राविधिक शिक्षालयमा, धनुषामा विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युटमा र पर्सामा बीरगंज इन्स्टिच्युटमा अफ टेक्नोलोजी बीरगंजमा निवेदन दिन सकिनेछ । 

त्यसैगरी प्रदेश ३ अन्तर्गत  मकवानपुरमा, नेपाल भारत मैत्री पोलिकिलनिक इन्स्टिच्युटमा हेटौंडामा, चितवनमा नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा, भक्तपुरमा राष्ट्रिय सीप परीक्षण समिति सानोठिमीमा र काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा निवेदन दिन सकिनेछ ।

प्रदेश ४ अन्तर्गत कास्कीमा पोखरा प्राविधिक शिक्षालय फूलबारीमा र बाग्लुङमा धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बलेवामा, प्रदेश ५ अन्तर्गत रुपन्देहीमा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रामनगरमा, दाङमा राप्ती प्राविधिक शिक्षालय लालमटियामा र  बाँकेमा भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा निवेदन दिन सकिनेछ । 

प्रदेश ६ अन्तर्गत सुर्खेतमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यलयमा र जुम्लामा कर्णाली प्राविधिक शिक्षालय र प्रदेश ७ अन्तर्गत कैलालीमा धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालिमा, कन्चनपुरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा र डोटीमा सेती प्राविधिक शिक्षालय दिपायलमा निवेदन दिन सकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

फारम बुझाउँदा चाहिने कागजपत्र

नागरिकताको प्रतिलिपि

पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ । 

वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।

हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति । 

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणीकरण गर्ने जनाएको छ । यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ । 

कहाँ सम्पर्क गर्ने ?

यसबारे थप जानकारी चाहिएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयको फोन नम्बर ०१-४१०५०६८  र राष्ट्रिय सीप परिक्षण समिति, सानोठिमी भक्तपुरको सम्पर्क नम्बर ०१-६६३८१५३ मा कल गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान