२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार कार्यालय ताहचलबाट ७ जना विचौलिया पक्राउ

२०७५, २४ पुष मंगलवार १०:१७

पुस २४, काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङ रहेको प्रहरीले जनाएको छ । 

विभागमा सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयललाई विचौलियामुक्त पार्ने अभियान सञ्चालन गरेका थिए । उनकै सक्रियतामा गृहमन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ