२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी खुल्न अझै दुई महिना लाग्ने

२०७५, २४ पुष मंगलवार ११:४३

२४ पुस, क्वालालम्पुर । मलेसियामा नेपाली कामदार कहिलेदेखि र कुन प्रकृयाबाट ल्याउने भन्ने टुँगिन अझै दुई महिना लाग्ने भएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो ।

मलेसियाको अनलाइन द सनका अनुसार कार्यदलले विदेशी कामदार लिने(विशेषगर नेपाली) पूर्ण रिपोर्ट दुई महिनाभित्रमा सरकारलाई बुझाउने भएको छ । मानव संशाधन राज्यमन्त्री महफुज ओमारले हाल पनि रिपोर्ट छलफलकै क्रममा रहेको भन्दै विदेशी कामदार सोही रिपोर्टका आधारमा लिइने बताए ।

विदेशी कामदारका सम्वन्धमा कुनै पनि नीति सोही कार्यदलको सुझाव अनुसार तय हुनेछ उनले भने "यो समस्या(कामदार अभाव) छिट्टै सुल्झिनेमा हामी आशावादी छौं ।" मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।

गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति हुन सकेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।

कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।नेपालको अडान र अन्य श्रमिक पठाउने देशको चासोपछि मलेसियाले कामदार आपूर्ति नीति परिमार्जन गर्ने गरी कार्यदल बनाएर काम गरिरहेको छ । अब यो कार्यदलले प्रतिवेदन दिएपछि मात्रै नेपाली कामदार लैजाने तयारीमा मलेसिया छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते