२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशबाट भोलि देखि पुन: श्रम स्वीकृति सेवा पाईने

२५ पुष २०७५, बुधबार ०९:०७

मनोज पराजुली,पुस २५, काठमाडौं । सरकारले भोलिबाट गण्डकी प्रदेशबाट समेत पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गर्ने भएको छ। पुन: श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट भोलीदेखि श्रम स्वीकृति सेवा सुरु गर्नका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको बैदेशिक रोजगार बिभागका आईटि प्रमुख राजु श्रेष्ठले जानकारी दिए । श्रम कार्यालयका कर्मचारीहरुलाई आवश्यक प्राविधिक तालिम दिईसकेको उनले जानकारी दिए । श्रम कार्यलयमा ८ जना कर्मचारीले सेवा दिने जनाइएको छ । श्रम तथा रोजगार कार्यालय हाल जिल्ला समन्वय समिति कास्कीको भवनमा राखिएको छ । 

श्रम मन्त्रालयले भोलिदेखि नै पोखरामा प्रधानमन्त्री रोजगार कार्यक्रमका सन्दर्भमा गण्डकी प्रदेशको प्रदेश र स्थानीय तहसङ्गको २ दिने अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम समेत राखेको जनाएको छ। यस अघि सरकारले पहिलोपटक पुस १५ देखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन शुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृतिको सेवा सुरु गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान