२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशबाट भोलि देखि पुन: श्रम स्वीकृति सेवा पाईने

२०७५, २५ पुष बुधबार ०९:०७

मनोज पराजुली,पुस २५, काठमाडौं । सरकारले भोलिबाट गण्डकी प्रदेशबाट समेत पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गर्ने भएको छ। पुन: श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट भोलीदेखि श्रम स्वीकृति सेवा सुरु गर्नका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको बैदेशिक रोजगार बिभागका आईटि प्रमुख राजु श्रेष्ठले जानकारी दिए । श्रम कार्यालयका कर्मचारीहरुलाई आवश्यक प्राविधिक तालिम दिईसकेको उनले जानकारी दिए । श्रम कार्यलयमा ८ जना कर्मचारीले सेवा दिने जनाइएको छ । श्रम तथा रोजगार कार्यालय हाल जिल्ला समन्वय समिति कास्कीको भवनमा राखिएको छ । 

श्रम मन्त्रालयले भोलिदेखि नै पोखरामा प्रधानमन्त्री रोजगार कार्यक्रमका सन्दर्भमा गण्डकी प्रदेशको प्रदेश र स्थानीय तहसङ्गको २ दिने अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम समेत राखेको जनाएको छ। यस अघि सरकारले पहिलोपटक पुस १५ देखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन शुरु गरेको थियो । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृतिको सेवा सुरु गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन