२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको श्रम बजारमा नेपालका १४ क्षेत्रमा कार्यरत दक्ष जनशक्तिले काम पाउने

२०७५, २५ पुष बुधबार १६:४४

पुस २५, काठमाडौँ (रासस) | जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिनुभएको छ । 

जापानी विदेशमन्त्रीको भ्रमण दलमा रहनुभएकी साकाताले आज साँझ यहाँ नेपाली सञ्चारमाध्यमका केही सम्पादकसँगको कुराकानीमा भन्नुभयो, “यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले आगामी दिनमा उच्चस्तरीय भ्रमणको आदानप्रदानका साथै जनताबीचका सम्बन्ध विस्तारमा पनि थप प्रगतिको ढोका खोलेको छ ।” 

लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेकामा आगामी दिनमा त्यसले निरन्तरता पाउने र दुई देशबीच आज सम्पन्न भएको हवाई सम्झौताले नेपाल र जापानबीच भ्रमण र आदानप्रदानमा टेवा पुग्ने उहाँको धारणा थियो ।

आफ्नो जापानी समकक्षी तारो कानोलाई स्वागत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली । तस्वीरः प्रदीपराज वन्त, रासस

जापान नेपालको हितैषी मित्रराष्ट्र र एक प्रमुख दाता राष्टका रुपमा विगत दशकौँदेखि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विविध क्षेत्रमा सहयोग पु¥याउँदै आएको उहाँले स्मरण गर्नुभयो । 

समृद्ध नेपाल देख्ने जापानको चाहना हो भन्दै यसका लागि जापानले नेपाललाई विगतदेखिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले जापानले हालै मात्र आफ्नो देशको श्रम कानुनमा परिवर्तन गरी नेपाललाई पनि जापानलाई आवश्यक पर्ने मानव स्रोत लैजाने देशको सूचीमा राखेको जानकारी दिँदै यसबाट नेपालका दक्ष जनशक्तिले जापानको श्रम बजारमा काम पाउने धारणा राख्नुभयो । 

उहाँका अनुसार यसरी लाने जनशक्तिको छनोटको संरचना भने जापानका विभिन्न मन्त्रालय र त्यससँग सम्बन्धित विभाग वा क्षेत्रले तोक्ने बताउनुभयो । आगामी अप्रिल महीनादेखि त्यसको प्रक्रिया शुरु हुने र यसका लागि नेपालसहित नौ देशका मानवस्रोत जापान लैजाने उहाँले जानकारी दिनुभयो । 

विभिन्न १४ क्षेत्रमा कार्यरत नेपाली दक्ष जनशक्तिलाई जापानले आफ्ना श्रम शक्तिको सूचीमा राखेको उहाँले बताउनुभयो । ती क्षेत्रमध्ये निर्माण क्षेत्र, उद्योग र कलकारखानाका कामदार, कृषि, माछापालन, अटोमोबाइल, होटल ट्राभल्सलगायतका सेवा क्षेत्र, निर्माण सामग्री, खाद्यान्न उत्पादनलगायतका रहेका छन् । यी जनशक्तिलाई जापान लैजाने विषयमा आवश्यकस्वरुप, छनोटका आधार छिट्टै नै तय गरिने उहाँले जानकारी दिनुभयो । 

छनोटका प्रमुख दुई आधारमा पहिलो सम्बन्धित क्षेत्रमा ती जनशक्तिले आर्जन गरेको दक्षता र अर्काे जापानी भाषाको सीप रहने उहाँको भनाइ थियो । 

नेपाल जापान मन्त्रीस्तरीय वार्ताः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली र जापानका विदेशमन्त्री तारो कानो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता । तस्वीरः प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै