२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशबाट पहिलो श्रम स्वीकृति खड्कबहादुर गुरुङलाई

२०७५, २६ पुष बिहीबार ०८:५२

पुस २६, कास्की | सरकारले आजदेखि गण्डकी प्रदेशबाट पनि पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गरेको छ । यस अघि प्रदेश ५ र प्रदेश २ बाट श्रम स्वीकृतिको काम सुरु भईसकेका छन् । बिहिबार पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट आज श्रम स्वीकृति सेवा सुरु गरिएको हो ।

श्रम स्वीकृति सेवा सुरु गर्न आयोजना गरिएको कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्ट समेत उपस्थित थिए । मन्त्री विष्टले नवलपुरको पिठौलीका ३७ वर्षीय खड्कबहादुर गुरुङलाई मकाउ जानका लागि पुन: श्रम स्वीकृतिसहित राहदानी हस्तान्तरण गरे । पोखराबाट पुन: श्रम स्वीकति पाउने गुरुङ पहिलो व्यक्ति बनेका छन् । पहिलो सेवाग्राही बनेका गुरुङले पोखराबाटै सेवा पाएर खुसि लागेको बताए ।


त्यसैगरी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवी पुनले स्याङजा फेदीखोलाका चन्द्रमान गुरुङलाई राहदानी हस्तान्तरण गरेकी थिइन् । 


पोखरामा सेवा सुरु भएपछी अब त्यहाँ स्थित श्रम कार्यलयमा ८ जना कर्मचारीले सेवा दिने छन् । श्रम तथा रोजगार कार्यालय हाल जिल्ला समन्वय समिति कास्कीको भवनमा राखिएको छ । प्रदेश स्थित श्रम कार्यालयले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्नेछ ।


तश्वीर क्रेडिट: राजु श्रेष्ठ (बैदेशिक रोजगार बिभाग) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै