२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानसंग सम्झौता नहुँदै पर्पल एच आर सर्भिसलाई कसले दियो डिमाण्ड ?

२०७५, २७ पुष शुक्रबार १३:२६

पुस २७, काठमाडौं । बैदेशिक रोजगार विभागको निर्देशनको अवज्ञा गर्दै म्यानपावर व्यवसायीले जापानको डिमाण्ड आएको भन्दै भ्रामक विज्ञापन प्रकाशनलाई निरन्तरता दिएको पाइएको छ। 

विभागले पुस १८ गते बैदेशिक रोजगारीको लागि जापान खुलेको भनि गरिएको भ्रामक विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएको थियो । तर विभागको निर्देशनलाई अवज्ञा गर्दै राजधानीको बौद्धमा रहेको पर्पल एच आर सर्भिस (लाइसेन्स नम्बर १४२०/०७४/०७५) ले सामाजिक संजाल फेसबुकमा जापानको लागि भन्दै प्रचार गरिरहेको छ । 


यसै विषयमा साझा सबालले छड्के चेक गर्दा म्यानपावरले जापानको लागि कृषि र निर्माण क्षेत्रमा केहि कामदारको डिमाण्ड आएको बताएको छ । विज्ञापनमा दिईएको मध्ये एक मोबाइल नम्बरमा सम्पर्क गर्दा एक व्यक्तिले भने "जापानिज भाषाको 'एन ४ लेवल' पास भएको भए डकुमेन्ट लिएर म्यानपावर आउनुस् काम हुन्छ । जति चांडो आउनुभयो, त्यति छिटो काम बन्छ ।'' उनले प्रोसेसिङको लागि एउटा फोटो समेत चहिने बताए । सम्बन्धित १२ कम्पनिसंगको कुराकानीका आधारमा डिमाण्ड आएको ति व्यक्तिले दावी गरेका छन् । 

म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्नको लागि बैदेशिक रोजगार विभागबाट डिमाण्डको पुर्व स्वीकृति लिनुपर्छ तर यस म्यानपावरले पुर्व स्वीकृति विना नै गलत विज्ञापन दिएर सामाजिक संजाल मार्फत कामदारहरुलाई भ्रम छरेको छ । 

विभागले यसअघि जारी गरेको विज्ञप्तीमा भनेको छ- "विगत केहि समय अघि देखि केहि छापाहरुमा व्यक्ति/कम्पनि तथा बैदेशिक रोजगार संचालनको लागि इजाजत प्राप्त संस्थाहरु समेतले जापानको लागि बैदेशिक रोजगारीमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि विज्ञापन प्रकाशित गरेको पाइएकोले त्यस्ता कार्य नगर्न विभागको ध्यानाकर्षण भएको छ।'' 

विभागले बिज्ञप्ति मार्फत जापान पठाउने भनि संस्थागत/ व्यक्तिगत/कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैमा सचेत गराएको थियो । विभागले जारी गरेको सूचनाको अवज्ञा गरि गैर कानूनी क्रियाकलाप गरे/गराइएको पाइएमा त्यस्ता व्यक्ति/संस्था/कम्पनि उपर बैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने जनाएको विभागले यस म्यानपावरलाई के कारवाही गर्छ त्यो भने हेर्न बाँकि छ। 

नेपालबाट कामदार बैदेशिक रोजगारीका क्रममा जापानमा पठाउने सन्दर्भमा हालसम्म नेपाल सरकारबाट कुनै पनि निर्णय भई सकेको छैन । त्यसमा पनि श्रम सम्झौता पछि म्यानपावरले जापान कामदार पठाउन पाउने/नपाउने समेत निश्चित छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै