२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा बेपत्ता भएका गुरुङका दाई भन्छन् – ‘मरेको भए लास चाहियो, घाइते हो भने सास चाहियो !

१ माघ २०७५, मंगलवार १३:१४

माघ १, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी गएका गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ५ केरावारिका गणेश गुरुङ ४ वर्षदेखि सम्पर्क विहिन भएका छन् । सन् २०१५ डिसेम्बर ३० देखि भाई सम्पर्क विहिन बनेको उनका दाजु गणेशले बताएका छन् । 

धन कमाउने आशामा विदेशिएका गणेश गुरुङ त्यस पछि न त घर फर्किए न कहाँ छन् जानकारी नै आयो उनका दाई केशर गुरुङले साउदीबाट साझा सवाललाई भने "भाइको खोजीका लागि धेरै प्रयास गरियो तर सम्भव भएन। "गुरुङ कार्यरत कम्पनीले ४/५ महिना पछि तलब नदिएका कारण उक्त कम्पनी छोडेर भागेको भन्ने सुनेको दाजु गुरुङले बताए ।

२०७२ वैशाख ३० गते लक्की एच आर सोलुसनबाट साउदी महरा एच आर कम्पनीमा लेवर कामका लागि गएका थिए। भाइको खोजीका लागि सम्बन्धित म्यानपावर कम्पनी र साउदी स्थित नेपाली  राजदुतावासबाट पनि कुनै सहयोग पाउन नसकेको उनले बताए । तर म्यानपावर कम्पनीले भने आफुले पठाएको कम्पनी छोडेर भागेकोले पत्ता लगाउन समस्या भएको बताएको छ ।

गणेश गुरुङको अवस्था बारे सम्बन्धित रोजगारदाता कम्पनीलाई जानकारी गराउंदा कम्पनीले गणेश गुरुङ कम्पनीमा कार्यरत नरहेको जानकारी दिएको म्यानपावरले बताएको छ । म्यानपावरका अनुसार गुरुङले साउदी देश छोडेको सिस्टममा नदेखिएको बताएको छ। 


काम गरिरहेको कम्पनी छोडेपछि गणेश गुरुङले साउदीकै अर्माको ग्यास प्लान कम्पनीमा काम गरेको उनका साथी नुवाकोटका अनिल विसीले सझा सबाललाई जानकारी दिए ।

संगै काम गरेका बताउने विसिका अनुसार सन् २०१५ डिसेम्बर ३० कै दिन राति ९ बजेतिर बाटो क्रस गर्नेबेला गाडीले गुरुङलाई ठक्कर दिएको बताए ।  बेलुकीको समयमा संगै सडक पार गर्दै गर्दा पछाडिबाट गाडीले हानेको हो उनले भने "गाडीले ठक्कर दिए पश्चात पुलिस आएर लिएर गएको देखेको हो, त्यसपछि उनको अवास्था के भयो थाहा पाइएन।" सो घटना पश्च्यात उनले काम गरिरहेको कम्पनीलाई जानकारी दिए पनि भागेर काम गरिरहेको कारण कम्पनीले पनि वास्ता नगरेको विसिले बताए । 

परराष्ट्र मन्त्रालय, दुतावास, विभागबाट पनि पत्तो लागेन 

भाइको अवस्था बारे पत्ता लगाइदिन सम्बन्धित सरकारी निकाएको ध्यानाकर्षण गराएपनि हालसम्म उद्धार सम्भव नभएको गणेश गुरुङका दाजुले बताए ।  परराष्ट्र मन्त्रालय, साउदी स्थित नेपाली दुतावास र बैदेशिक रोजगार विभागमा निवेदन दिएको तर त्यसको ४ वर्ष पुग्दासमेत भाइको अवस्थाबारे कुनै जानकारी नआएको केशर गुरुङले बताए ।

उनले भावुक हुँदै भने "यदि मरेको हो भने लास चाहियो ? घाइते हो भने सास त हुनुपर्ने हो नि ?'' साउदीको राजदुतावासमा फोन र इमेल मार्फत पटक पटक जानकारी गराउंदा समेत लोकेसन थाहा छैन कसरी  खोज्नु भन्दै वास्ता नगरेको उनले दुखेसो गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान