२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कलिङ भिसा भएकालाई अन्तिम स्वीकृति दिन सुरु, संस्थागततर्फको रोक कायमै

२०७५, ७ माघ सोमबार ०८:४६

माघ ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको छ। मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको जनाएको छ।

विभागले काठमाडौंस्थित मलेसियन दूतावास र श्रम मन्त्रालयको पत्रअनुरुप श्रम स्वीकृति प्रदान गरिएको जनाएको छ ।  दूतावासबाट सोझै‌ भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो श्रम कार्यालयका ताहाचलका प्रमुख सुरेश जोशीले साझा सबाललाई भने "सोहि अनुरुप श्रम मन्त्रालयले सहमति दिएको पत्र आएपछि व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति प्रदान गरिएको हो।"  उनले हालसम्म २० जनाको लागि श्रम स्वीकृति प्रदान गरिसकेको बताए।  श्रोतका अनुसार श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । 


नयाँ श्रम स्वीकृति लिएका भिक्की विकेलगायतका कामदारले सरकारले खारेज गरेका संयन्त्र भीएलएनमार्फत नै भिसा प्रक्रिया गरेका बताइएको छ। श्रोतकाअनुसार ओएसीमार्फत प्राप्त भएका पासपोर्टहरु भिएलएन नेपालले मलेसिया सरकारले तोकेको भिसा शुल्क सात हजार चार सय ८० रुपैयाँ (भ्याटसहित) लिएपछि उसले भिसा स्ट्म्पिङका लागि ती राहदानीहरु नेपालस्थित मलेसियाली दुतावासमा पठाएको थियो । 

भीएलएनमार्फत प्रक्रिया गरेका कामदारले व्यक्तिगत श्रम स्वीकृति पाएपछि म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले आँफैले कारवाही गरेको, जिल्ला अदालतमा रिट दायर गरेको संस्थामार्फत आएको भिषालाई श्रम स्वीकृति दिने तर म्यानपावर मार्फत जाँदा चै मिल्दैन भन्ने कुरा गर्नु जायज नभएको बताए।  

भीएलएनमार्फत नै भिसा प्रक्रिया पुरा गर्न नहुने अडानमा रहेको सरकारले एकाएक व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउने तर संस्थागततर्फ जान नपाउने भनेर के गर्न खोजेको हो भन्ने बुझ्न नसकिएको उनले बताए । व्यवसायीहरुको आज बैठक बसेर भोलि नै सबै कलिङ भिसा आएका कामदारको पासपोर्ट अन्तिम स्वीकृतिका लागि श्रम कार्यालयमा पेश तयारीमा रहेको उनले बताए। 

गत कात्तिक १२ गते दुई देश विच श्रम समझदारी पश्च्यात कलिङ भिषा आइसकेका कामदारलाई तत्काल मलेसिया पठाउने सहमति भएको थियो । तर, श्रममन्त्री गोकर्ण बिष्टले कामदार ठगी गर्ने बिचौलिया संयन्त्रका रुपमा रहेको भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकति नदिने अडान लिएका थिए ।

हाल यस्ता कलिङ भसा प्राप्त गरेका करिव १० हजार भन्दा बढी कामदार अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा रहेको व्यवसायी संघले बताउंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै