२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढीबाट पनि श्रम स्वीकृति शुरु

२०७५, ११ माघ शुक्रबार ०३:२९

माघ ११, धनगढी । सरकारले सुदुर पश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट समेत पुन: श्रम स्वीकृति (रि-इन्ट्री) सेवा शुरु गरेको छ। सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले शुक्रबार बिहान मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गरि सेवा सुरू गरेका हुन्।


श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो । 

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै पुस २६ गतेबाट गण्डकी प्रदेशको पोखरा  र माघ ६ गतेबाट कर्णाली प्रदेशबाट पनि पुन: श्रम स्वीकृति सेवा (रि-इन्ट्री ) सुरु गरिसकेको छ । बांकी रहेका अन्य प्रदेशबाट पनि छिट्टै पुन: श्रम स्वीकृति सेवा शुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने काम गरिने मन्त्रालयले जनाएको छ।

सुदुर पश्चिम बासीलाई प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । सुपवासीले हजारौँ खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । श्रम स्वीकृतिलगायत अन्य सेवा केन्द्रिकृत हुँदा सेवाग्राहीले सानो कामका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । श्रम स्वीकृतिकै लागि ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा निकै लामो लाइन लाग्नुपर्ने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै