२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागमा उजुरी पश्च्यात शुन्य लागतमै सेक्युरिटी गार्डको लागि दुवई सरर ….

२४ माघ २०७५, बिहीबार १२:५७

मनोज पराजुली, माघ २४, काठमाडौं । बैदेशिक रोजगारीको लागि शुन्य लागतमा जान पाइन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ तर नियमनकारी निकायको सहयोग लिने भए नियम र कानूनको पालना मार्फत न्याय पाउन सम्भव छ भन्ने गतिलो प्रमाण बनेकी छिन् सोम्छेकी शेर्पा ।


सरकारले खाडीका मुलुक जान बढीमा १० हजार सेवा शुल्क तोकेको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन। तर त्यहि कानूनको फलो गर्दै दोलखाका सोम्छेकी शेर्पाले न्यायको आस गरेकी थिइन् । सनलाइट ह्युमन रिसोर्सले युएइको सेकुरी गार्ड मिडलइष्ट कम्पनीमा सेक्युरिटी गार्डको लागि जान लागेकी दोलखाका सोम्छेकी शेर्पालाई ३ लाख ८० हजार माग गरेको जानकारी बैदेशिक रोजगार विभागलाई गराएकी थिइन् । साथै एक लाख रकम दिंदा बाँकी रकम पनि बुझाउन ताकेता गरेपछि कानूनी बाटो रोजेकी शेर्पाले अन्तत न्याय पाएकी छिन् । 

उनले बैदेशिक रोजगार विभागमा उजुरी दिएपछि शुन्य लागतमै पीएसबिडी सेक्युरिटी गार्डको लागि दुवई गएकी छिन् । उनले तिरेको १ लाख रकम समेत फिर्ता पाएकी छिन । पछिल्लो समय दुवई सेक्युरिटी गार्डको लागि म्यानपावर तथा एजेन्टले ५ लाख सम्म रकम लिने गरेको गुनासो आउने गरेको छ भने कामदारलाई पनि गुनासो गरेर सरकारले तोकेको लागतमा जान पाइन्छ र ? भन्ने भ्रम पर्ने गरेको छ।

तर विभागका महानिर्देशक दिलिप कुमार चापागाईं कुनै कामदारसंग म्यानपावरले  बढी रकम लिएको बारे पुर्व लिखित निवेदन विभागमा दिएमा कानूनसम्मत तरिकाले कामदारलाई न्याय दिलाएरै छोड्ने बताउँछन् ।      

महानिर्देशक चापागाईंले माघ १६ गते सनलाइट ह्युमन रिसोर्सका संचालकलाई १० हजारमा कामदार पठाउन निर्देशन दिएका थिए। तोकिएको लागतमा कामदारलाई विदेश नपठाए म्यानपावर कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरि कानूनी बाटो रोज्ने चेतावनी दिएका थिए। महानिर्देशकको चेतावनी पश्च्यात म्यानपावर कम्पनीले पुर्व सहमति पूर्ण कार्यान्वयन गरेको छ । महानिर्देशकले १० हजार लिएर पठाउन भने पनि म्यानपावर संचालकले विज्ञापन अनुरुप नै शुन्य लागतमा कामदार विदेश पठाएको साझा सवाललाई बताए ।  


यो पनि पढ्नुहोस्

म्यानपावर संचालकलाई महानिर्देशकको चेतावनी, १० हजारमा कामदार नपठाए सम्पूर्ण कारोबार रोक्छु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट