२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलिया पक्राउ

५ फाल्गुन २०७५, आईतवार १२:५७

फागुन ५, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार, शनिबार र आज गरि ५ विचौलियालाई पक्राऊ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी देवेन्द्र पालले सझासबालाई जानकारी दिए । 

विचौलियाले सेवाग्राहीको डकुमेन्ट सच्याई साउदीको भिषा इडित गराएको, कतारको नक्कली आइडी कार्ड बनाएर पेश गर्न लगाएको  र कुवेतको नक्कली भिषा बनाई पेश गराएको पाइएपछि श्रम कार्यालयले बिचौलियालाइ पक्राउ गर्न शुक्रबार प्रहरीलाई निवेदन लेखेको थियो। सोहि निवेदनका आधारमा सेवाग्राहीको सहयोगमा विचौलियालाई प्रहरीले पक्राउ गरेको श्रम कार्यालयले साझा सवाललाई जानकारी दिएको छ। 

श्रम स्वीकृतिको लागि विभाग आएका ईन्द्र बहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अबस्थामा फेला परेर जानकारी दिए पश्चात बिचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो । 

शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा कृष्ण प्रसाईलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण