२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलिया पक्राउ

२०७५, ५ फाल्गुन आईतवार १२:५७

फागुन ५, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत श्रम कार्यालय ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार, शनिबार र आज गरि ५ विचौलियालाई पक्राऊ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी देवेन्द्र पालले सझासबालाई जानकारी दिए । 

विचौलियाले सेवाग्राहीको डकुमेन्ट सच्याई साउदीको भिषा इडित गराएको, कतारको नक्कली आइडी कार्ड बनाएर पेश गर्न लगाएको  र कुवेतको नक्कली भिषा बनाई पेश गराएको पाइएपछि श्रम कार्यालयले बिचौलियालाइ पक्राउ गर्न शुक्रबार प्रहरीलाई निवेदन लेखेको थियो। सोहि निवेदनका आधारमा सेवाग्राहीको सहयोगमा विचौलियालाई प्रहरीले पक्राउ गरेको श्रम कार्यालयले साझा सवाललाई जानकारी दिएको छ। 

श्रम स्वीकृतिको लागि विभाग आएका ईन्द्र बहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अबस्थामा फेला परेर जानकारी दिए पश्चात बिचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो । 

शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा कृष्ण प्रसाईलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै