२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने भन्दै दुई लाख लिएर सम्पर्क बिहिन भयो के गर्ने ?

२०७५, ६ फाल्गुन सोमबार ११:०५

फागुन ६, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउने धन्दा एजेन्टहरुको लागि निकै आकर्षक धन्दा हो । बेरोजगार युवाको कमि नभएको देशमा गाउँ-गाउँमा एजेन्टहरुको धन्दा फस्टाएको छ । त्यसमा पनि सरकारको खुकुलो नीतिले बैदेशिक रोजगारीमा व्यक्तिगत तथा संस्थागत ठगि बढिरहेको छ ।

बैदेशिक रोजगारीमा हुने ठगिमा एजेन्टहरुले अनाधिकृत रकम अशुली गर्ने मुख्य बिषय बनेको छ । साझा सबाल मिडियाले संचालनमा ल्याएको बैदेशिक रोजगार मोबाइल एपमा दैनिक आउने गरेका गुनाशालाई हेर्ने हो भने हालसम्म झन्डै ४० प्रतिशत भन्दा बढी गुनाशा ठगिसम्बन्धि रहेका छन् । 'Baideshik Rojgar' एप डाउनलोड गरेर सजिलै बैदेशिक रोजगार सम्बन्धि आफ्नो गुनाशो पोख्न पाइने भएपछि गत जनवरीमा मात्र यो सिस्टममा ३७८ गुनाशा आएका छन् । जसमध्ये अधिकांश गुनाशाहरु ठगि र चर्को रकम अशुली सम्बन्धि रहेका छन् । कतिपयले श्रम स्वीकृति र नवीकरण सम्बन्धि जानकारी लिन पनि आफ्नो गुनाशो पोख्ने गरेका छन् ।


आइतबार भुषण तिमल्सिनाले पठाएको एउटा गुनाशो अनुसार जापान पठाइदिने भन्दै एक जना एजेन्टले २ लाख लिएर अहिले सम्पर्क बिहिन बनेका छन् । उनले आफ्नो गुनाशोमा उल्लेख गरेका छन् – 'मलाई जापान पठाइदिने भन्दै एउटा एजेन्टले २ लाख खायो । मैले पैसा दिँदा कुनै कागज गराएको थिएन । अब त्यो मान्छेलाई फोन गर्दा मोबाइलनै अफ छ । मैले पैसा दिएको डेढ बर्ष भयो । मेरो पासपोर्ट पनि लियो । अब के गर्ने होला ?'

उनको गुनाशो अनुसार उनलाई जापान पठाइदिने भन्दै २ लाख लिने व्यक्तिलाई कानुनले चिन्ने ठाउँ छैन । किनकी उनले पैसा दिँदा वा पासपोर्ट दिँदा यदी पछी सर्त अनुसार काम भएन र कानुनी प्रक्रियामा जानुपर्ने भयो भने के गर्ने भन्ने हेक्का राखेनन् । जसको कारण उनले आफुसँग २ लाख लिएर सम्पर्क बिहिन भएका व्यक्तिलाई मुद्धा हाल्ने आधार समेत गुमाएका छन् । उनले एजेन्टको आश्वासनकै आधारमा अनाधिकृत व्यक्तिलाई विश्वास गरेर बिना प्रमाण पैसा र पासपोर्ट दिए तर अब ति व्यक्ति सम्पर्क विहीन भए । यसको मतलव उनलाई आफूले तिरेको २ लाख र पासपोर्ट लिन कानुनी बाटोबाट जाँदा पनि सहज छैन | बैदेशिक रोजगार बिभागले बिना प्रमाण वा व्यक्तिगत लेनदेनको बिषयलाई मुद्धाको रुपमा स्वीकार गर्दैन । यस्तो अवस्थामा ठगीमा परेका व्यक्तिले प्रहरीकोमा उजुरी दिन सक्ने बाटो रहे पनि प्रमाणकै कारण उनले दिएको २ लाख फिर्ता नपाउन सक्छन् ।

पछिल्लो पटक यस्तै समस्या बैदेशिक रोजगारीमा एजेन्टलाई विश्वास गरेर बिना प्रमाण पैसा दिने धेरैलाई छ | सरकारले बैदेशिक रोजगारीमा जाँदा अनाधिकृत व्यक्तिसँग आर्थिक कारोवार नगर्न ताकेता गरेपनि व्यवहारमा त्यस्तो छैन । पछिल्लो समय त झन् बैदेशिक रोजगारीमा जानेसंग म्यानपावर कम्पनीले समेत एजेन्टमार्फत पैसा अशुली गर्न थालेको पाइएको छ । 

१० हजारमा विदेश पठाउन अनिवार्य गरेपछि मोटो रकम अशुली गर्न एजेन्ट मार्फत पैसा अशुली गर्दा म्यानपावरलाई समस्या नपर्ने र सहज हुने बुझेर कतिपय म्यानपावरहरुले आफ्ना विश्वासिला एजेन्ट खडा गरि बैदेशीक रोजगारीमा जाने कामदारसँग होटल वा आधिकारिक संस्था भन्दा बाहिरबाट पैसा अशुली गर्ने गरेको पाइएको हो । यसरी अशुली हुँदा पनि जिम्मेवार निकाय मौन छन् । जसको कारण ठग्नेहरुलाई अझै कानुन बिपरित अशुली गर्न साहश जुटेको छ भने ठगिनेहरु निरन्तर पिडित बन्दै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन