२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई सेक्युरिटी गार्डको लागत रु ५ लाख ! लागत सुनेपछि झस्किन्छन् कामदार

२०७५, ६ फाल्गुन सोमबार १२:२८

फागुन ६, काठमाडौँ । बैदेशिक रोजगारीको लागि म्यानपावर तथा एजेन्टले मनपरी शुल्क लिएको भन्दै आवश्यक भए अन्तर्वार्ता स्थलमै अनुगमन गर्न कामदारले सरकारको ध्यानाकर्षण गरेका छन् । विदेश जान लागेका युवाहरुले मनपरी शुल्क अशुली गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सरकारले खाडीका ६ देश जानका लागि फ्री भिषा र फ्री टिकटको व्यवस्था गरेको छ । साथै बढीमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन पाउने व्यवस्था गरेको छ तर त्यसको कार्यान्वयन गराउन सरकार असफल भएको भएको भन्दै सरकारले तोकेकै लागतमा विदेश पठाउने व्यवस्था गर्न उनिहरुले आग्रह गरेका हुन् ।

पछिल्लो समयमा दुबईको लागि पीएसबिडी र डिपीएस सेक्युरिटी गार्डको लागि 'फ्री भिषा र फ्री टिकट' भन्दै डिमाण्ड धमाधम पत्रिकाहरुमा प्रकाशन भईरहेका छन् । तिनै डिमाण्ड हेरेर म्यानपावर कम्पनीहरुमा पुग्ने कामदारहरुले अन्तर्वार्ता पछि म्यानपावर कम्पनीले लागत भनेपछि झस्किएको बताएका छन् । एक व्यक्तिले भने "मैले एक मेनपावरबाट पीएसबिडीको अन्तर्वार्ता पास भएर आज मेडिकल गरेर आएको छु र लागतको बारेमा बुझ्दा ५ लाख मागेको छ, अब ५ लाख भन्दा १ रुपया पनि कममा तँलाई दुबईको त्यो पीएसबिडमा पठाउन सक्दिन भन्छ त्यो म्यानपावर, के अब मैले ५ लाख नदिइकन जान नपाउने हो ? फ्री भिसा फ्री टिकटको हल्ला मात्रै हो कि लागू पनि हुन्छ ? न्याय चाहियो सरकार !”


विदेश जान लागेकाहरुले म्यानपावर कम्पनिहरु सबैले पीएसबिडीको लागि ५ लाख र डिपीएस सेक्युरिटी गार्डको लागि ३ लाख ५० हजार लिने गरेको बताएका छन् । साथै म्यानपावर कम्पनीहरुले अग्रिम रुपमा १ लाख लिने गरेको र बाँकि रकम भिषा आएपछि लिने गरेको बताएका छन् । म्यानपावर कम्पनीले पैसा लिएको बारे कहिँ कतै उजुर गरे सम्पुर्ण प्रक्रिया नै रद्द गरिदिने गरेका कारण आँफुहरु समस्यामा परेको बताएका छन् । एक व्यक्तिले भने “कसैलाई जानकारी गराएर के गर्नु ? म्यानपावरले शुरुमै १ लाख लिन्छ पैसा तिरेको प्रमाण दिंदैन केका आधारमा उजुरी गर्नु ?”  

यसै बिषयमा केबि बिराजको धारणा छ – "कामदार जो बढी भन्दा बढी पैसा तिरेर इन्टरभ्यु नदीई आउन पाए १ लाखको ठाउँमा ५ लाख तिर्न तयार छन्, किन की दक्षता छैन, अनि १०० जनाको माग मा १० हजार जना हुन्छ ।" 

रमेश बिक्रम शाही भन्छन् "सरकारले चाह्यो भने म्यानपावरलाई ठाउँको-ठाउँ तह लगाउन सक्छ तर सरकार नै भ्रष्ट छ त के गर्नु ?" यसै बिषयमा अर्का एक व्यक्तिको भनाई छ – "सरकारको नीति र अनुगमन कमजोरी अनि म्यानपावरको मनपरि, जति पैसा लिए पनि पैसा र कमाइको प्रलोभनले हामी बेरोजगारी जनता पैसा तिर्न बाध्य छौँ ।’’

पछिल्लो समय युएईका Orion security Services, AL Falah Security Service, Skill Force Security Service L.L.C, Golden Safety Property Guard Service L.L.C लगायतका कम्पनीहरुमा पीएसबिडी र डिपीएस सेक्युरिटी गार्डमा पठाउदा मोटो रकम अशुली भईरहेका जानकारी प्राप्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै