२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल एपमा गुनासो गर्ने कामदार शुन्य लागतमा नै दुवई उडे

२०७५, १३ फाल्गुन सोमबार ०९:०५

फागुन १३, काठमाडौं । बैदेशिक रोजगारीका लागि चर्को शुल्क लिएको गुनासो गर्ने दुई कामदारले अन्तत न्याय पाएका छन् । सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसले अबैध रुपमा प्रतिव्यक्ति १ लाख ५० हजार लिएको बैदेशिक रोजगार मोबाइल एप मार्फत गुनासो गर्ने सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगर शुन्य लागतमा नै दुवई उडेका छन् ।

१ लाख ५० हजार मागेको म्यानपावरले एजेन्ट मार्फत २०/२० हजार रकम लिएको रकम समेत फिर्ता गरि शुन्य लागतमा नै कामदार दुवई उडाएको विभागका निर्देशक हरि ज्ञावालीले साझासबाललाई जानकारी दिए । गुनासो गर्ने कामदारलाई बैदेशिक रोजगार विभागले सरकारले तोकेकै रकममा उडाउन निर्देशन दिएको थियो ।  सो म्यानपावरको कारोबार बारे थप अनुसन्धान गरि अन्तिम प्रतिवेदन बनाउने कार्य भैरहेको र सो पश्च्यात थप कारवाही गरिने निर्देशक ज्ञावालीले जानकारी दिए । हाल उक्त म्यानपावर कम्पनीको कारोबार रोक्का छ ।  

बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा माघ २८ मा  छापा मारेको थियो । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको थियो । 

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको थियो। सुर्खेतका हिराबहादुर बुढामगर र मनिष बुढामगरले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि माघ २८ गते आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा  पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले  विभाग टोलिले  भोलिपल्ट सोमबार  म्यानपावरमा छापा हानेको थियो । 

यो पनि पढ्नुहोस 

बैदेशिक रोजगार बिभागद्वारा चार्टर्ड ग्लोबल म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै