२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

१४ फाल्गुन २०७५, मंगलवार ०५:४७

फागुन १४, काठमाडौँ | संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको छ । 

कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उहाँले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिनुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ । 

मन्त्री ज्ञवालीले आफ्ना कतारी समकक्षीलाई नेपालमा लगानीका निम्ति कतारका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न तथा आगामी चैतमा काठमाडौँमा आयोजना हुने दोस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभयो । मन्त्रीद्वयबीच नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउने, पारस्परिक हित र चासोका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महत्वका विविध विषयमा विचारविमर्श भएको थियो । 

त्यसैगरी मन्त्री ज्ञवालीसँग बेलायतका विदेश राज्यमन्त्री अहमद विम्वल्डनले भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा मानवअधिकार परिषद्का विषयवस्तु र प्राथमिकताबारे छलफल भएको थियो । परराष्ट्रमन्त्रीले मानवअधिकारप्रतिको नेपालको प्रतिबद्धताबारे परिषद् बैठकमा आज जानकारी दिनुहुनेछ भने मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य हो । 

सोमबार प्रारम्भ भएको उक्त बैठकलाई संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटरेस, परिषद्का अध्यक्ष क्लोए सेक, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिचेल बेचेलेटलगायतले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान