फागुन १८, काठमाडौँ | बैदेशिक रोजगारीको ठूलो सपना देखेर नेपालबाट भिजिट भिषाको भरमा थाइल्याण्ड हुँदै लाओस पुगेका बल बहादुर थापा सोमबार आफू ठगिएको थाहा पाएर दुखि हुँदै नेपाल फर्किए | उनिसँगै गएका अन्य २ जना पनि नेपाल फर्किए |
लाओसमा काम पाइन्छ भनेर प्रलोभन देखाएर नेपालबाट लगेको पैसा सबै लिएर जब दलाल फरार भए तब चाउचाउ खाँदै उनीहरु कम्बोडिया फर्केर त्यहाँ स्थित दुतावासमा पुगे | दुतावासमा साझा सबालले यस अघि मानव तस्करीमा संलग्नहरुको तश्वीर सहित सार्वजनिक गरेको समाचार देखेर उनीहरु झसंग भए किनकी उनीहरुलाई फसाउने पनि सोहि गिरोह थियो | उनीहरु आफू ठगिएको थाहा पाएर लाओसबाट फ़र्कीएर कम्बोडियामा रहेको अवस्थामा अर्को भूपू आर्मीहरुको ग्रुपले लाओसबाट आफूहरु पनि सोहि ग्रुपबाट ठगिएको भन्दै साझा सबाल मिडियामा फोन गर्दै थिए |
एउटै ग्रुपले पछील्लो २ बर्षदेखि यसरीनै सयौं नेपाली युवाहरुलाई ठगिसकेको खुलेपछि हामीले लगातार त्यस बारे फलोअप गर्दै समाचारहरु लेखेका छौं | आफू ठगिएर फर्किएका युवाहरुले समेत आफू ठगिए पनि अन्य युवाहरु यही गिरोहको चंगुलमा नपरुन भनेर हामीलाई तस्करीमा संलग्नहरुको बारेमा जानकारी दिदै आएका छन् |