२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौसम्ममा सामाखुसी र सिनामंगल क्षेत्रका सयौं घर खालि हुँदै, घरबेटीलाई पीर !

१३ चैत्र २०७५, बुधबार १०:४५

अनिल अधिकारी | चैत १३, काठमाडौँ | सरकारले म्यानपावरहरुको धरौटी ह्वात्तै वृद्धि गरिदिएपछि झन्डै आधा भन्दा बढी म्यानपावर कम्पनीहरु बिस्थापित हुने अनुमान गरिएको छ । धरौटी संगै बिभिन्न सर्त जोडेर सरकारले म्यानपावर संचालनमा ६ महिने अल्टिमेटम २०७५ फागुन १९ गतेदेखि लागु भईसेको अवस्था छ । 

सरकारको नीतिसंगै भदौ १९ गतेभित्र सबै म्यानपावर कम्पनीले धरौटीसंगै सरकारी सर्त मानेर काम गर्नुपर्ने हुन्छ । अन्यथा स्वत: खारेजीमा जानेछन् । सरकारले दिएको ६ महिने म्याद सुरु भएर एक महिना बित्न लाग्दै गर्दा दुई तिहाई म्यानपावर कम्पनीहरुमा के गर्ने भन्नेमा अन्यौलता देखिएको छ । नाम चलेकै केहि म्यानपावर कम्पनीका संचालकहरुले समेत म्यानपावर व्यवसायनै छाडेर अन्य व्यवसायमा लाग्ने कुराहरु गर्न थालेका छन् । धरौटी वृद्धिले ठूला र बर्षेनी ठूलो शंख्यामा कामदार पठाउने म्यानपावर व्यवसायीलाई अवसर झैं बनेको छ भने साना व्यवसायीलाई चुनौती थपिएको छ । यस बिषयमा व्यवसायीहरु तीन कित्तामा छुट्टिने भएका छन् । एकिन भन्न नसके पनि झन्डै सयदेखि डेढसयको हाराहारीमा रहेका म्यानपावर कम्पनीहरुले धरौटी बढे पनि आफ्नो व्यवसायलाई आफैले हाक्न सक्ने स्थितिमा देखिन्छन् भने बाकि म्यानपावरहरु के गर्ने भन्नेमै अन्यौल देखिन्छन् ।

एक म्यानपावर व्यवसायीले भने 'अहिले तोकिएको धरौटी तिरेर व्यवसाय गर्ने हैसियत म राख्दिन, मर्ज नै गरूँ भने पनि यो व्यवसायमा कसलाई विश्वास गरेर मर्ज गर्ने भन्नेमै अन्यौलमा छु ।' उनको जस्तै उत्तर धेरैको छ । सामाखुसीमा म्यानपावर संचालन गर्दै आएका एक व्यवसायीले भने 'यो पेसामा सबैभन्दा बढी खड्किएको समस्या नै विस्वास हो । मर्ज गरेर जाने अनि कुन संचालक ठूलो भन्ने भेद देखिन सक्छ ।' उनको अनुसार मर्ज गर्दा संचालकहरुबीच धेरै समस्या आउने देखिन्छ । पहिले संयुक्त नाममा रहेको म्यानपावर संचालकहरुबीचनै फुटेर फरक फरक म्यानपावर संचालन भएको अवस्थामा फेरी जोडिएर काम गर्न त्यति सजिलो नहुने व्यवसायीहरुको राय छ । कुनै बेला १ करोडको मूल्यमा एउटा जस्तोसुकै म्यानपावर कम्पनीको लाइसेन्स बिक्रि गर्न सकिने अवस्था थियो तर अब अवस्था त्यस्तो पनि छैन । एक व्यवसायीले भने '२/३ महिना कुर्नुस २/३ सय लाइसेन्स फालाफाल हुन्छ ।'

भदौ १९ पछि कतिमा झर्ला म्यानपावरको शंख्या ? 

बिभिन्न ७ मुलुकमा कामदार पठाउँदा १० हजार मात्र लिन पाउने नीतिलाई कुनबेला सरकारले कडाई गरिदिने हो भन्ने डर सबै व्यवसायीमा छ । जापान, कोरिया जस्तै सरकारी तवरबाटै कतारमा पनि कामदार पठाउने कुरा चल्दै गर्दा व्यवसायीहरु आफ्नो भविष्यको बारेमा अझै अन्यौलमा छन् । मलेसिया पठाएर कमाउन सकिन्छ भन्नेमा पनि ढुक्क हुने अवस्था छैन । एक व्यवसायीका अनुसार अबको २/३ महिनासम्ममा मलेसिया खुलेमा भदौ पछी हुने म्यानपावरको शंख्यामा झन्डै ५० भन्दा बढी म्यानपावर थपिनेछन् । मलेसिया कामदार पठाउँदै आएका व्यवसायी अहिले म्यानपावर बन्द गरेर बसेको अवस्था छ ।

भदौसम्मनै मलेसिया कामदार पठाउन नपाए मलेसिया कुरेर बसेका अधिकांश व्यवसायीले म्यानपावर छोड्न सक्ने देखिन्छ । अहिलेकै अवस्था रहीरहने हो भने अहिलेको १२०० को हाराहारीमा रहेको म्यानपावरको शंख्यामा भदौदेखि झन्डै ३०० देखि ५०० को हाराहारीमा झर्ने आंकलन छ । यदी मलेसिया खुले न्यूनतम आंकलन गरिएको म्यानपावरको शंख्या ३०० बाट बढेर ३५० भन्दा बढी पुग्ने देखिन्छ । एक व्यवसायीका अनुसार केहि पुराना म्यानपावर व्यवसायीहरु डिजिटल दुनियाबाट टाढा रहेको हुनाले अब सक्रिय हुने सम्भावना देखिदैन । 

घरबेटीलाई पनि धरौटी बढेर पीर ! 

माथिको आंकलन अनुसार म्यानपावरको शंख्या गिर्दा त्यसको प्रभाव सिनामंगल र सामाखुसी क्षेत्रका घरबेटीलाई पनि पर्नेछ । यी क्षेत्र म्यानपावर व्यवसायीहरुले अत्याधिक रुचाएको क्षेत्र हो । म्यानपावरको शंख्या ह्वात्तै घट्दा यी क्षेत्रमा सामान्यत: भन्दा चर्को घरभाडा लिईरहेका घरबेटीलाई मर्का पर्ने छ ।

अहिले सामाखुसीमा सामान्यत: १५ हजार जतिमा पाईने फ्ल्याट म्यानपावर कम्पनीले २५ देखि ३० हजारसम्म तिरेर बसेका छन् । यही अवस्था सिनामंगलको म्यानपावर बजारमा अझै बढी छ । भदौ १९ पछी अहिलेका म्यानपावर कम्पनीका मुख्य जक्सन मानिएका सिनामंगल र सामाखुसी क्षेत्रका घरहरु अधिकांश खालि हुनेछन् । घरहरु खालि हुँदा त्यतिबेला म्यानपावरहरुले पनि सस्तो घर छानेर आफ्नो व्यवसाय अघि बढाउन सक्ने अवसर पाउनेछन् ।

सामान्यत: यी क्षेत्रमा भाडामा कोठा/फ्ल्याट पाउन सहज छैन् । म्यानपावरले छाडे पछि अन्य कार्यालयहरुको लागि पनि यी ठाउँ उपयुक्त नभएकाले सामान्य भाडादरमा भाडामा दिन घरबेटीहरु बाध्य हुने देखिन्छ ।

यस क्षेत्रमा म्यानपावर कम्पनीलाई भाडामा दिनु र सर्वसाधारणलाई भाडामा दिनुमा घरबेटीहरुले म्यानपावरनै बढी रुचाउने गरेको पाइन्छ । सिंगै घर वा २ फ्ल्याटसम्म म्यानपावर कम्पनीले भाडामा लिईदिने हुँदा पानी कम खर्च हुने, आफूहरुलाई सहज हुनुको साथै यी क्षेत्रमा म्यानपावरको अत्याधिक चापको कारण घरबेटीले मोटो रकम भाडाको रुपमा अशुल्न पाएको अवस्था छ । तर अब म्यानपावरको शंख्या घटेसँगै घरबेटीको मनपरी भाडा नियन्त्रणमा आउने देखिन्छ । 

जुन शंख्याले म्यानपावर घट्छ त्यहि शंख्यामा घरहरु खाली हुने हुँदा चर्को रकममा भाडामा बसेका म्यानपावरहरुलाई समेत निर्धारित भाडा समायोजनमा सजिलो हुनेछ । त्यसो त अधिकांश ठूला म्यानपावर कम्पनीहरुको आफ्नै घरमा म्यानपावर संचालित छ । साना म्यानपावर कम्पनीहरुले अधिकांश भाडाको घरमा कार्यालय राखेका छन् । धरौटीको कारण ७० प्रतिशत भन्दा बढी साना म्यानपावर व्यवसायीले व्यवसाय मर्ज गर्ने वा छाड्ने देखिएको अवस्थामा त्यहि तुलनामा हाल म्यानपावरलाई भाडामा दिईएको घरहरु खाली हुनसक्ने आंकलन गर्न सकिन्छ । 

भदौ १९ पछी कुन नीतिमा चल्छन् म्यानपावर ? 

बैदेशिक रोजगारीका लागि विदेश पठाउने म्यानपावर कम्पनीहरुको लागि धरौटी रकम थप गर्नको लागि दिनगन्ती शुरु भएको झन्डै १ महिना बित्न लाग्दै छ । अब बाँकी रझेको ५ महिनाभीत्रै सरकारको नीति अनुसार चल्ने, मर्ज हुने वा स्वत: खारेजीमा पर्ने भन्ने तीन विकल्प मात्र छन् । केहि नेपाल ऐन संशोधन मार्फत पेश गरिएको वैदेशिक रोजगारी ऐनमा म्यानपावर कम्पनीको धरौटी बृद्धि गर्ने विधेयक संघीय संसदबाट पारित भई ऐनको रुपमा राजपत्रमा प्रकाशन भईसकेर ६ महिने दिनगन्ती शुरु भएको अवस्था छ ।

म्यानपावर कम्पनीले ६ करोडसम्म धरौटी राख्नुपर्नेछ । हालै संसोधित बैदेशिक रोजगार ऐन अनुसार वार्षिक तीन हजारभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावरका हकमा ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाएमा एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाएमा २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । यसअघि म्यानपावर कम्पनीले कुन ३० लाख मात्र बैंक ग्यारेन्टी राखे पुग्थ्यो । अब त्यसको झन्डै ७ गुणा वा सो भन्दा बढीमा २० गुणासम्म धरौटी बढाईएको छ । 

गत वर्षको बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १ हजार ३२ वटा म्यानपावरले मात्रै कामदार विदेश पठाएका छन् । तथ्यांक अनुसार ६५३ वटा म्यानपावरले १ सय देखि ३ हजारसम्म कामदार विदेश पठाएका छन् भने ३७३ वटा म्यानपावरले १ सय भन्दा कम कामदार विदेश पठाएका छन् । अहिलेको नयाँ व्यवस्था अनुसार २ वर्षसम्म सयजना पनि कामदार विदेश पठाउन नसक्ने म्यानपावर खारेज हुनेछन् । त्यस्तै एकैघरका परिवारबाट सञ्चालित फरक म्यानपावरहरू छन् भने एक वर्षभित्रै मर्ज भइसक्नुपर्नेछ अन्यथा स्वतः खारेज हुनेछ । तोकिएको धरौटी बुझाउन वा कामदार पठाउन नसकेको खण्डमा दुइभन्दा बढी म्यानपावर मर्ज भएर संचालन गर्न सकिने व्यवस्था छ । यही नीतिलाई टेकेर भदौ १९ देखि म्यानपावर संचालित हुनेछन् । 

६ करोड धरौटी लाग्ने २ म्यानपावरहरु: 

१. द रिभर ओभरसिज

२. कोशी इन्टरनेशनल सर्भिस 

४ करोड धरौटी लाग्ने म्यानपावरहरु: 

१. एसओएस  म्यानपावर सर्भिस

२. इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट सर्भिस 

३. भिजन एण्ड भ्यालु ओभरसिज

बाँकी म्यानपावरको हकमा धरौटी २ करोड लाग्नेछ । (माथिको तथ्यांक गत आवको अनुसार हो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान