२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति

१२ बैशाख २०७६, बिहीबार १२:१६

वैशाख १२, काठमाडौँ ।  नेपाल र युएई विच कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने गरि नयाँ श्रम सम्झौता गर्न सहमति जुटेको छ । नेपाल र युएईका श्रम अधिकारीहरु संलग्न प्रविधिक टोली बीच काठमाडौंमा विहिबार सम्पन्न बैठकमा यस्तो सहमति जुटेको हो । 

नेपालले युएईसँग सन् २००७ मा भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने पस्ताव राख्दै आएको थियो । सोहि पस्ताव अनुरुप नेपालले राख्दै आएका मागहरु सम्बोधन हुनेगरी नयाँ श्रम सम्झौताको लागि ड्राफ्टमा सहमति जुटेको बैठकमा सहभागी एक उच्च अधिकारीले सझासबाललाई जानकारी दिए । 

प्रविधिक टोली विच सहमतिमा नखुलेका कुरालाई स्पष्ट पार्न श्रम समझदारीमा भएको व्यवस्था अनुरुप दुई देशको संयुक्त समितिलाई अधिकार दिने सहमति भएको छ उनले भने "त्यसपछि श्रम सम्झौताको लागि अन्तिम तयारी हुनेछ ।" 

श्रमिक आपूर्ति प्रक्रियामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को सिद्धान्त अनुसार श्रमिकको सम्पूर्ण लागत शुल्क रोजगारदाताले व्यहोर्ने, म्यानपावरलाई रोजगारदाताले नै सेवा शुल्क उपलब्ध गराउने, श्रमिकको २४ घण्टा नै बीमा लगायतका विषयमा सहमति जुटेको हो । 

यसअघि युएईसंग भएको श्रम समझदारीलाई परिमाजन गर्ने विषयमा दुई देश विच पटक पटक छलफल हुँदै आएको थियो । 

सरकारले गन्तव्य मुलुकसंग श्रम सम्झौता गरेर मात्र कामदार पठाउने गरि प्राथमिकतामा राख्दै आएको छ । सोहि अनुरुप गत कार्त्तिकमा मलेसियासँग पनि शुन्य लागतमा कामदार पठाउने गरि श्रम समझदारी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण