2026-06-19 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ १७ गतेदेखि म्यानपावर व्यवसायीले कुनै कामदारलाई विदेश नउडाउने घोषणा (भिडियो सहित)

जेठ ३, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघले ७ दिनसम्म कामदार विदेश पठाउन ठप्प पार्ने निर्णय गरेका छन् । व्यवसायीका ५ बुंदे माग सम्बोधन नभए आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका हुन् । 


शुक्रवार राजधानीमा वैदेशिक रोजगार व्यवसायी संघले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेला मार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए विदेश पठाउन नै रोक्ने पस्ताव व्यवसायी भेला मार्फत सर्वसहमतिले पारित भएको हो ।

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने माग व्यवसायीले गरेका छन् । 


मलेसिया रोजगारी सुचारु गर्न श्रम रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्न सरकार समक्ष माग गरेका छन् ।

मागपत्र प्रमाणीकरण सहज बनाउन रोजगारदाता कम्पनीलाई user name र passport दिई अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न व्यवसायी भेलाले माग गरेका छन्  । साथै व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग समेत गरेका छन्  । यी मागहरु जेठ १६ गतेसम्म सरकारले सम्बोधन नगरे १७ गतेबाट एक हप्ता विदेश पठाउन ठप्प पार्ने त्यति गर्दा पनि नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गरिने संघ अध्यक्ष रोहन गुरुङले बताए । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ