२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि बैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प !

१६ जेष्ठ २०७६, बिहीबार १४:४०

मनोज पराजुली | जेठ १६, काठमाडौं । बैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुको उडान भोलिदेखि ठप्प हुने भएको छ । सरकारले आफ्ना ६ बुंदे माग सम्बोधन नगरेपछि नेपाल बैदेशिक रोजगार व्यवसायी संघले भोलिबाट बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागेको हो ।

व्यवसायी संघले जेठ ३ गते वृहत व्यवसायी भेलामार्फत निर्णय नै गरेर ६ बुंदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए । सोहि भेलाको निर्णय अनुरुप नै व्यवसायीले एक हप्ताको लागि विदेश जाने कुनै पनि कामदारको टिकट नलिएको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले बताए । 


सरकारलाई दिएको समयसीमा भित्र आफ्ना माग सम्बोधन नभएका कारण पुर्व निर्धारित कार्यक्रम अनुरुप नै बैदेशिक रोजगारीको उडान ठप्प पार्न लागिएको भान्तनाले  बताए । संघले सरकारलाई दिएको समयसीमा भित्र माग सम्बोधन भएको छैन, भान्तनाले भने "सरकारलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउन पनि आन्दोलनका कार्यक्रम जारी रहन्छ ।" सरकारले चाहेमा आन्दोलनका कार्यक्रमका विचमा पनि सरकारसंग छलफल गर्न तयार रहेको उनले बताए ।

व्यवसायीले कामदारको टिकट नलिएपछि भोलिबाट १ हप्ताका लागि बैदेशिक रोजगारीमा जाने कामदारहरुको उडान नै रोकिन लागेको हो । तर उडान रोक्नेबारे कतिपय व्यवसायी भित्र नै एकमत नरहेका कारण एक हप्ताको लागि सबै कामदारको उडान नै ठप्प हुनेछ भन्ने अवस्था देखिंदैन । व्यवसायीका साझा समस्या बारे आवाज उठाउँदा सबै व्यवसायीले साथ दिनेमा आशावादी रहेको भान्तना बताउँछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन समेत दर्ता गराइसकेका छन् । तर पनि सो मागपत्रबारे हालसम्म कुनै सम्बोधन भएको छैन । संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको थियो ।

व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मन्त्रालयमा सुचिकृत मेडिकल संस्था मार्फत मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको थियो । तर श्रम मन्त्रालयले व्यवसायीका मागबारे हालसम्म सुनुवाई गरेको छैन ।  

७ दिन उडान ठप्प पार्दा पनि सरकारले वेवास्ता गरे विरोध, संघर्ष र असहयोगका थप कार्यक्रम मार्फत अनिश्चित कालका लागि बैदेशिक रोजगार बन्द गर्ने चेतावनी व्यवसायीले दिसकेका छन् । 

>> 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् 

जेठ १७ गतेदेखि म्यानपावर व्यवसायीले कुनै कामदारलाई विदेश नउडाउने घोषणा (भिडियो सहित)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य