२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट दैनिक ७ जना रोजगारीको लागि खाडी मुलुक उड्दै

२०७६, ५ भाद्र बिहीबार ०५:५९

कृष्ण बिष्ट | भदौ ५, बैतडी | बैतडीका स्थानिय तहहरुले स्वारोजगार मुलक कार्यक्रमहरु ल्याएको दाबी गरिरहेका बेला बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । क्षमता र दक्षताका आधारमा स्थानिय स्तरमा कुनै रोजगारीको अवसर नभएपछि बैतडीबाट रोजगारीको लागि बैदेशिक रोजगारमिा जाने युवाहरुको संख्या बढ्दै जान थालेको हो ।  

गत आर्थिक वर्षमा जिल्ला प्रसासन कार्यालयद्धारा २५ सय भन्दा बढिको राहादानी बनाउनका लागि सिफारीस गरिएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीका अनुसार २ हजार २ सय २४ पुरुष, २ सय ८६ जना महिला गरि २ हजार ५ सय १० जनाको राहादानी बनाउन सिफारिस गरिएको हो ।  जसमध्ये १ हजार ८ सय ४५  जनाले रहादानी पाएको र बाँकी रहेकाहरुले यसै महिना भित्र राहादानी पाइसक्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । यस तथ्याङ्कलाई आधार मान्ने हो भने, प्रति दिन बैतडीबाट रोजगारीको लागि ७ जना खाडी मुलुक जाने गरेको पाइएको छ | 

आर्थिक वर्ष २०७५- ०७६ को भन्दा गत आर्थिक वर्ष (२०७६- ०७७) मा ७ सय भन्दा बढिले राहादानी बनाएको पाइएको छ । आर्थीक वर्ष २०७५ -०७६ मा १८ सय जनाले राहादानी बनाएका थिए । स्था निय स्तरमा रोजगारीका कुनै अवसर नभएपछि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या प्रति वर्ष बढ्दै जान थालेको छ । दक्षता र क्षमताका आधारमा रोजगारीको कुनै अवसर नभएकोले खाडीमुलुक नै रोज्नु पर्ने बाध्या रहेको पाटन नगरपालिका १० का भुपेन्द्र कुवँरले बताउनुभयो । गाँउमा रोजगार तथा ब्यावसाय गर्नको लागि स्थानिय सरकारले अनुदान तथा प्रोत्साहनका योजनाहरु अगाडी सारेको भएपनि कार्यान्वयनमा नआउदा रोजगारीको लागि खाडी मुलुक रोज्नु पर्ने बाध्याता रहेको कुवँरको भनाइ छ ।  

यता नगरपालिका तथा गाउपालिकालेहरुले भने गाउँमै केहि गर्ने युवाहरुको लागि पशुपालन लगायत अन्य ब्यावासाय गर्ने कार्यक्रमहरु ल्याएको बताइरहेका छन । सरकारले पनि दिगो बिकासका लक्ष्य हासिल गर्न स्थानिय स्तरमा नै समानतामुलक रोजगारीको सुनिश्चितताको अवसरलाई पनि प्राथमिकिकरण गरेको भएपनि कार्यान्वयन नभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस