२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा काम गर्न जान साढे ३ हजारले लिए ‘सीमा पास’, मासिक कति कमाई हुन्छ ?

२४ भाद्र २०७६, मंगलवार १६:३१

भदौ २४, हुम्ला | छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरुले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

यो नाका हिमपातका कारण वर्षमा छ महीना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि  बन्द भई जेठदेखि पुनः हिल्सा नाका खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरु दैनिक सीमा पास लिन आउने गरेको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्रचीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य सर्केगाड गाउँपालिका र नाम्खा गाउँपालिकाका युवाले पनि जिल्ला प्रशासनबाट सीमा पास बढी बनाएका सहायक प्रजिअ पोखरेलले बताउनुभयो । 

हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रुपमा त्यसतर्फ जाने गरेको सिमकोट गाउँपालिका–२ निवासी उपेश भण्डारीले जानकारी दिनुभयो । हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा रोजगारीका लागि यहाँका युवा जाने गरेका छन् । केही समय अगाडि चिनियाँ सरकारले हुम्ली कामदारको सीमा पास खोसेर फिर्ता पठाएता थियो । तर पछि चीनको ताक्लाकोटमा तीस किलोमिटरभन्दा टाढा जान नदिने सहमतिमा हुम्ली कामदारले काम गरिरहेको ताक्लाकोटमा पुगेका भण्डारीले जानकारी दिनुभयो । हुम्लाका नागरीकले बर्सेनि यसरी नै रोजगारीका लागि चीनको ताक्लाकोटमा कामदारका रुपमा जाने गर्छन् ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा १०० देखि १८० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका उजिर बोहराले जानकारी दिनुभयो । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले मनग्य आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रुपैयाँ कमाउने गर्छन् । 

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्य स्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् । हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभाोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् ।

हुम्लीले मैदा, खाद्यपदार्थ लगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाईका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्षअगाडि देखि चीन प्रमुख आयस्रोत स्थल बन्दै गएको छ । गत वर्ष ताक्लाकोटमा काम गरेबापत प्रतिव्यक्ति १०० देखि २५० चिनियाँ युवान दिएपछि यस वर्ष कामका लागि ताक्लाकोट जाने बेरोजगार हुम्लीको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिकाका गाउँ लिमिका तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख्या बढे तापनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेको केही दिनअगाडि केरुङ हुँदै ताक्लाकोटबाट सिमकोट पुगेका नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रावबहादुर विष्टले जानकारी दिनुभयो । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान