२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

२०७६, २९ मंसिर आईतवार १०:३१

मंसिर २९, काठमाडौं । नेपाली भाषा फिटिक्कै बुझ्दैनन्। मलेसियन भाषामा मात्र कुरा गर्छन्। उनी हुन् सोमकुमार तामाङ्ग ।

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल नेतृत्वको टोलि विहिबार मलेसियाको इमिग्रेसनसँग सम्बन्धित जेलको भ्रमणमा गएको थियो । सो जेलमा रहेका ११ नेपालीहरुसँग छलफल गरि र जेलमा रहेका व्यक्तिहरुका परिवारसँग कुरा गराएको भुसालले बताए । 

जेलका दु:ख र जेलसम्मको यात्राका कुरा सुन्यौं भुसालले भने ' सोहि जेलमा भेटिएका थिए, तामाङ्ग । आफ्ना भिनाजु गंगाबीर तामाङ्गले १७ बर्ष अघि उनलाई मलेशिया ल्याएका रे। उनका भनाइमा भिनाजु वितिसके। उनी मलेशिया आउँदा १४ बर्षका थिए रे। अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर ल्याएको रे। घरबाट रातीको बसमा काठमाडौं आइपुगेको र राती आएर अर्को दिन नै उडान भएको भन्छन्।' 

आफ्नो घर उदयपुर र नाम सोमकुमार तामाङ्ग बताउने उनी नेपाली भाषा फिटिक्कै बुझन नसक्ने र मले भाषामा मात्र कुरा गर्न सक्ने भुसालले बताए । डम्बर बहादुर बस्नेत भन्ने उनको साथीलाई मात्र चिन्छन् रे उनी, यता इन्डोनेशियन केटीसँग बिहे गरेका, मलेशियाको ८८ प्लाष्टिक कम्पनी, जोहरबारुमा काम गर्थे रे तामाङ्गको भनाइ सुनेपछि 

हामीले फोन उपलब्ध गराएर कुरा गराउन र वास्तविकता जान्न चाह्यौं भुसालले भने 'उनले आफ्नी इन्डोनेशियन सालीलाई फोन गरेर नेपाली राजदूतावासमा गई आफूलाई छुटाउन भने।'  राजदूतावासले हालसम्म उनी नेपाली भएको कुनै प्रमाण फेला पर्न नसकेको बताएको छ ।

यदि कसैलाई यिनको बारेमा थाहा छ भने कृपया खवर गर्नुहोला डा. भुसालले भने'उनले नेपालको त के आफ्नै गाउँको बारेमा पनि केही बताउन र नेपाली भाषामा केही बुझ्न सक्दैनन्। एकजना तामाङ्ग समुदायको व्यक्तिले तामाङ्ग भाषामा कुरा गर्न खोज्दा पनि उनले केही बुझेनन्।'

अरु देशका नागरिक हुन् भने किन नेपाली हुन खोजेका हुन् बुझ्न नसकिएको भुसलाले बताए । नेपाली हुन् भने किन बाबु आमाको नाम पनि जान्दैनन् ? गाउँघरको नाम पनि जान्दैनन्। हामी अन्यौलमा परेका छौं। कृपया कसैलाई थप जानकारी छ भने जानकारी दिन भुसालले आग्रह गरेका छन् ।

कुनै पनि नेपाली ‌ओभरस्टे हुनेगरी मलेशियामा नबस्न विभागले आग्रह गरेको छ । मलेसिया सरकारले यही डिसेम्बरभित्र अबैधानिक रुपमा बसेका नेपालीहरुलाई नेपाल फर्कन समय दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस