२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

२९ मंसिर २०७६, आईतवार १०:३१

मंसिर २९, काठमाडौं । नेपाली भाषा फिटिक्कै बुझ्दैनन्। मलेसियन भाषामा मात्र कुरा गर्छन्। उनी हुन् सोमकुमार तामाङ्ग ।

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल नेतृत्वको टोलि विहिबार मलेसियाको इमिग्रेसनसँग सम्बन्धित जेलको भ्रमणमा गएको थियो । सो जेलमा रहेका ११ नेपालीहरुसँग छलफल गरि र जेलमा रहेका व्यक्तिहरुका परिवारसँग कुरा गराएको भुसालले बताए । 

जेलका दु:ख र जेलसम्मको यात्राका कुरा सुन्यौं भुसालले भने ' सोहि जेलमा भेटिएका थिए, तामाङ्ग । आफ्ना भिनाजु गंगाबीर तामाङ्गले १७ बर्ष अघि उनलाई मलेशिया ल्याएका रे। उनका भनाइमा भिनाजु वितिसके। उनी मलेशिया आउँदा १४ बर्षका थिए रे। अर्कैको पासपोर्टमा उनको फोटो टाँसेर ल्याएको रे। घरबाट रातीको बसमा काठमाडौं आइपुगेको र राती आएर अर्को दिन नै उडान भएको भन्छन्।' 

आफ्नो घर उदयपुर र नाम सोमकुमार तामाङ्ग बताउने उनी नेपाली भाषा फिटिक्कै बुझन नसक्ने र मले भाषामा मात्र कुरा गर्न सक्ने भुसालले बताए । डम्बर बहादुर बस्नेत भन्ने उनको साथीलाई मात्र चिन्छन् रे उनी, यता इन्डोनेशियन केटीसँग बिहे गरेका, मलेशियाको ८८ प्लाष्टिक कम्पनी, जोहरबारुमा काम गर्थे रे तामाङ्गको भनाइ सुनेपछि 

हामीले फोन उपलब्ध गराएर कुरा गराउन र वास्तविकता जान्न चाह्यौं भुसालले भने 'उनले आफ्नी इन्डोनेशियन सालीलाई फोन गरेर नेपाली राजदूतावासमा गई आफूलाई छुटाउन भने।'  राजदूतावासले हालसम्म उनी नेपाली भएको कुनै प्रमाण फेला पर्न नसकेको बताएको छ ।

यदि कसैलाई यिनको बारेमा थाहा छ भने कृपया खवर गर्नुहोला डा. भुसालले भने'उनले नेपालको त के आफ्नै गाउँको बारेमा पनि केही बताउन र नेपाली भाषामा केही बुझ्न सक्दैनन्। एकजना तामाङ्ग समुदायको व्यक्तिले तामाङ्ग भाषामा कुरा गर्न खोज्दा पनि उनले केही बुझेनन्।'

अरु देशका नागरिक हुन् भने किन नेपाली हुन खोजेका हुन् बुझ्न नसकिएको भुसलाले बताए । नेपाली हुन् भने किन बाबु आमाको नाम पनि जान्दैनन् ? गाउँघरको नाम पनि जान्दैनन्। हामी अन्यौलमा परेका छौं। कृपया कसैलाई थप जानकारी छ भने जानकारी दिन भुसालले आग्रह गरेका छन् ।

कुनै पनि नेपाली ‌ओभरस्टे हुनेगरी मलेशियामा नबस्न विभागले आग्रह गरेको छ । मलेसिया सरकारले यही डिसेम्बरभित्र अबैधानिक रुपमा बसेका नेपालीहरुलाई नेपाल फर्कन समय दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य