2026-10-01 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन् । लमजुङ प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिकृया दिँदै उनले भने, ‘उहाँहरुको दुई तिहाई बहुमत आउला जस्तो छ । यो नै हाम्रो मुलुकको लागि समस्या हुन सक्छ ।’

उनले प्राप्त मतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न सुझाएका छन् । ‘संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ । संघीयता खारेज गर्न खोज्या हो कि ? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ ।’ गुरुङले यसपालिको निर्वाचनमा मतदाताले एजेण्डालाई नभई नयाँको नाममा मात्रै मत दिएको प्रतिक्रिया दिएका छन् । ‘हरेक निर्वाचनको आफ्नो एजेण्डा हुन्छ । राष्ट्रियता, विकास, सुशासन र संविधान सम्बन्धी आफ्नो दलको धारणा हुन्छ,’ उनले अघि थपे, ‘तर, यसपटकको निर्वाचनमा जनताका समस्या समाधानको कुरा कहिल्यै उठेन । विकास र सुशासनको एजेण्डा के हो भन्नेमा कुनै छलफल भएन । खालि नयाँ भनेर मात्रै पुग्दैन ।’

उनले संविधान कार्यान्वयन र राष्ट्रिय मुद्दाहरूमा सबै दलहरूको सहमतिका आधारमा मात्र निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश