२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र साउदी गएका श्रमिकहरु सम्पर्क विहिन, खोजि गरिदिन परिवारको आग्रह

२०७६, ३० मंसिर सोमबार ११:३४

मंसिर ३०, काठमाडौं । बैदेशिक रोजगारीमा गएर सम्पर्क विहिन भएका व्यक्तिहरुको खोजि गरिदिन परिवारहरुले आग्रह गरेका छन् । आप्रवाशी कामदार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विदेश गएर घरपरिवारसँग सम्पर्क नभएका आफ्ना परिवार सदस्यको खोजि गरिदिन आग्रह गरेका हुन् ।

धन कमाउने आशामा विदेशिएका गणेश गुरुङ सन् २०१५ डिसेम्बर ३० देखि न त घर फर्किए न कहाँ छन् जानकारी नै आयो उनका दाई केशर गुरुङले गत माघ १ गते साउदीबाट साझा सवाललाई भनेका थिए "भाइको खोजीका लागि धेरै प्रयास गरियो तर सम्भव भएन। "गुरुङ कार्यरत कम्पनीले ४/५ महिना पछि तलब नदिएका कारण उक्त कम्पनी छोडेर भागेको भन्ने सुनेको हुँ ।' तर उनको अवस्था बारे अझै पत्तो लागेको छैन । 

साउदीमा बेपत्ता भएका गुरुङका दाई भन्छन् – 'मरेको भए लास चाहियो, घाइते हो भने सास चाहियो !


उनको अवस्था बारे खोजि गरिदिन उनकी श्रीमती मंजु गुरुङ विभिन्न सरकारी तथा गैर सरकारी निकाय धाइरहेकी छिन् तरपनि श्रीमानको अवस्थाबारे जानकारी पाएकी छैनन् । उनले भनिन् 'श्रीमान सडक दुर्घटनामा परेको खबर पाएको थिएँ, तर बास्तविक घटनाबारे कुनै पनि निकायबाट जानकारी पाउँन सकिन ।'

‘श्रीमान् सडक दुर्घटनामा परेको खबर आयो । केहीले उहाँको निधन भइसकेको पनि सुनाए । उहाँसँगै काम गर्ने उहाँका साथीहरुसँग कतिपटक सोधे तर, कसैले केही भन्दैनन्,’ श्रीमानको खोजीमा बैदेशिक रोजगार वोर्ड, परराष्ट्र मन्त्रालय, साउदीस्थित नेपाली दुतावास लगायत सबै निकायमा जानकारी गराउँदा समेत जानकारी पाउन नसकेको उनले बताइन् । विभिन्न निकायमा धाएँ तर केहि भएन उनले पीडा सुनाउंदै भनिन्,‘अब मैले मेरो श्रीमान् कहाँ गएर खोज्ने ?’ 

त्यस्तै १० वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया गएका सिन्धुलीका शहकुल राई पनि २ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । २ वर्ष अघिसम्म श्रीमतीसँग नियमित फोन गरिरहने राई परिवारको सम्पर्कमै आउन छोडे । शहकुल सम्पर्कमा नआएपछि उनकी श्रीमती सविता राई अहिले श्रीमानको खोजीका लागि भन्दै विभिन्न संघसंस्थामा धाइरहेकी छिन् । दुई वर्षदेखि हराएका श्रीमानको खोजीका लागि हालै मात्र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा निवेदन दिएको सविताले बताइनन् ।

‘२ वर्षअघिसम्म श्रीमानसँग सम्पर्क थियो । अन्तिममा एक पटक भिडियो कलमा कुरा भएको थियो । त्यसपछि सम्पर्क नै हरायो । मलेसियामा रहेका चिनजानका सबैसँग श्रीमानका बारेमा सोधी खोजी गरे कसैले भेटेको भन्दैनन्,’ सविताले भनिन्, ‘श्रीमान नहुँदा परिवारको बिचल्ली भएको छ, साथमा भएका छोरा कसरी हुर्काउनु ? आफ्नो आम्दानीको श्रोत छैन । श्रीमान कसले खोजीदिन्छ ?’

सविताको निवेदनपछि प्रवासी नेपाली समन्वय समितिले शहकुलको खोजी शुरु पनि गर्‍यो । तर, शहकुल भने अर्कै (विदेशी) युवतीसँग विवाह गरेर बसेको समितिले जनाएको छ । साथमा १२ वर्षीया छोरा ल्याएर काठमाडौं आएकी सविता भने श्रीमान शहकुललाई जसरी पनि नेपाल झिकाइदिन हारगुहार गरिरहेकी छन् ।

अझैपनि १ सय ४ सम्पर्क विहीन 

आप्रवाशी कामदार दिवसको अवसरमा आप्रवाशी श्रमिक समन्वय समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अझै पनि १ सय ४ जना नेपाली बिदेशमा सम्पर्क विहिन भएको जनाइएको छ । सन् २०१३ देखि २०१९ सम्म ३ सय ८८ वटा मानिस हराएका उजुरी परेको समितिकी कार्यक्रम अधिकृत शान्ती सिंहले जानकारी दिइन् । त्यसमध्ये २ सय ३१ वटा उजुरी समाधान भएका र १ सय ४ वटाको खोजि प्रक्रिया जारि रहेको उनले बताइन् ।

परिवारको सम्पर्क बिहीन भएका मध्ये पुरुष ३१३ र महिला ७५ रहेका छन् । सबैभन्दा धेरै मलेसियामा रहेको २ सय, साउदी अरबमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य देशमा २३ जना रहेका छन् । जिल्लाको आधारमा नवलपरासी अगाडी देखिएको छ जहाँका ८४ जना रहेका छन् भने कैलाली धनुषा, धादिङ्ग क्रमश रहेका छन् ।

विदेशमा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव (पैसा, ऋण, योजना, आदी), विदेशमा मृत्यु हुनु, दुर्घटना पर्नु मानिस सम्पर्क विहिन हुनुको प्रमुख कारण पाइएको छ । त्यस्तै रोजगारदाता (विशेष गरि घरेलु कामदार), व्यक्तिगत सम्पर्कमा हुन नचाहने कारण देखिएको छ । 

प्रयाप्त विवरण नहुनु,आधिकारिक संयन्त्रको अभाव, स्वइच्छाले सम्पर्कमा आउन नखोज्नु जस्ता कारणले सम्पर्क हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।  रोजगारदाताको असहयोग तथा प्राप्त सम्पर्क नम्वरमा सञ्चार हुन नसक्नुले पनि सम्पर्क विहिनहरुको खोजि गर्न नसकिएको जनाइएको छ । 

आप्रवासी कामदारहरुका विस्तृत जानकारी सहितको तथ्याङ्क संकलन प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । प्रस्थान पुर्व दिईने अभिमुखिकरण तालिममा कामदारहरु हराउनु  वा सम्पर्कमा नआउनुका कारणहरुको विषय समेटिनु पर्ने उल्लेख छ । सम्पर्कमा नभएका कामदारहरुको विस्तृत विवरण नेपाली दुतावासका वेवसाईट, सामाजिक सञ्जाल मार्फत खोजीका लागि सम्प्रेषण गर्ने तथा कामदारले निश्चित समय सिमा भित्र सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावासमा आफ्नो बिवरण अध्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त