२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको जेलमा रहेका तामाङ्गको परिवार सम्पर्कमा, नेपाल ल्याउने पहल हुँदै

३ पुष २०७६, बिहीबार १२:५३

मनोज पराजुली । पुस ३, काठमाडौं । मलेसियाको जेलमा रहेका सोमकुमार तामाङ्गको परिवार सम्पर्कमा आएका छन् । सोमकुमारको बारे संचार माध्यममा समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

उदयपुर जिल्ला, साविक मयखु वडा नं ३ (हाल कटारी न.पा. वडा नं १३, बरबास) निवासी धनबहादुर तामाङ्गका छोरा रहेछन् उनी । अनलाइनमा प्रकाशित समाचारबाट थाहा पाएर उनका भाइ राजकुमार पोखराबाट विभाग पुगेका हुन् । सोमकुमारका अन्य तस्वीरहरु र उनकी श्रीमती तथा छोरीको समेत तस्वीर देखाएपछि सोमकुमार उनको परिवारका सदस्य भएको पुष्टि हुने आधार देखिएको भुसालले बताए ।

उनका भाइले दिएको जानकारी अनुसार बाबु नेपाली सेनाका अवकाशप्राप्त व्यक्ति। सोमकुमारले भनेजस्तो रातारात घरबाट काठमाडौ आएर उडेका होइन रहेछन् तामाङ्ग । उनका भाइले साझा सबालसंग भने "घरबाट १२ वर्षको उमेरमा नै कामको खोजीमा हिंडेका हुन्, ५ वर्ष पछि घर गएका थिए, त्यस पछि पुन १७ वर्षकै उमेरमा नै उमेर बढाएर पासपोर्ट बनाई विदेश गएका हुन् ।" विदेश गए पछि लागेको ऋण पनि तिरेका थिए, तर त्यसपछि कम्पनी परिवर्तन भएकोले सम्पर्क भएन, दाई राजकुमारले भने' पहिले फोन पनि गर्थे, तर जब सम्पर्क टुट्यो त्यसपछि केहि जानकारी पाइएन ।'

२०६४ सलामी मलेसिया गएको उनका भाईले बताए । पछि क्रमशः सम्पर्क हराउँदै गएको उनले बताए । विदेशी केटी बिहे गरेको भन्ने सम्म जानकारी पाएको उनका भाइले बताए । गत वर्ष मलेसिया जाँदा भेट भएको बताएका भाईले दाइलाई घर जाउँ भन्दा नेपाली भाषा जान्दिन, घर जाने पैसा छैन, भाई भनेका उनका भाइले स्मरण गरे 'न्युजमा दाइको बारे जानकारी आएपछी कोरियाबाट फुपुको छोरीले जानकारी दिएपछि आंफुले थाहा पाएको उनले बताए । ९ महिना अगाडी सम्पर्क भएका भाइ पुन सम्पर्कमा ल्याई घर ल्याउने प्रक्रिया शुरु हुँदा खुसि लागेको उनका भाइले बताए ।

"एकदम वेवारिस जस्ता भएका सोमसँग कसैको सम्पर्क हुनसकेको थिएन। हामीले उनलाई उनको आफन्तसँग सम्पर्क गराउन सक्यौं। राजदूतावासका मित्रहरुलाई यसमा धन्यवाद दिनै पर्छ। त्यहाँसम्मको तारतम्य उहाँहरुले मिलाउनु भयो।'' डा. भुसालले भने ।

अब उनको पासपोर्ट वा नेपाली नागरिकताको प्रतिलिपि खोजेर पठाउन भनिएको भुसालले बताए । कुनै एउटा कागजात प्राप्त भएपछि हामी मलेशियास्थित नेपाली राजदूतावासमा पत्राचार गर्नेछौं। आशा गरौं छिटै सोमकुमारको पुनर्मिलन आफ्नो परिवारसँग हुनेछ भुसालले खुसि हुँदै भने 'कति कुरा साना लाग्ने तर अति उच्च महत्वका हुन्छन्। धन्यवाद फेसबुक! धन्यवाद मिडियाका मित्रहरु!'

मलेसियाको जेलमा अचम्मका सोमकुमार तामाङ्ग, चिन्नुहुन्छ भने खबर गर्नुहोला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य