पुस १०, काठमाडौँ | जनवरी १ देखि मलेसियामा अवैध रुपमा बस्न नपाइने भएको छ | अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई दिइएको समय पुस १५ गतेबाट सकिन लागेको हो | मलेसियन सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फिर्ताका लागि आममाफी दिएको थियो |
जनवरी १ देखि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपालीमाथि कठोर कदम चाल्ने तयारी गरेको छ | मलेसियन सरकारले दिएको समय सकिन लाग्दा एनआरएन मलेसियाले समेत नेपालीहरुलाई घर फर्कनका लागि आग्रह गरेको छ |
बैदेशिक रोजगारीको क्रममा मलेसिया नेपालिका लागि एउटा आकर्षक गन्तब्य बने पनि अबैधरुपमा बसेका नेपालीलाई यो सुनौलो अवसर हो | मलेसियन सरकारले हजारौं मात्रामा नेपाली कामदार अबैधरुपमा रहेको दाबि गरेको छ |
यो पनि पढ्नुहोस