२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रममन्त्रीलाई संघले बुझायो ज्ञापनपत्र

२०७७, २२ बैशाख सोमबार १२:५४

मनोज पराजुली । बैशाख २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिष्णु गैह्रेको नेतृत्वमा सोमबार मन्त्रालय पुगेर संघले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको भन्दै नगद धरौटी फिर्ता गरिदिन माग गरेको हो ।


संघले वि. स. २०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायिको कार्यलयमा आगजनी र तोडफोडबाट क्षति भएको बेला व्यवसायीले राखेको धरौटी एक वर्ष चलाउन दिएको स्मरण गराउंदै अहिले पनि नगद धरौटी फिर्ता गरिदिन श्रममन्त्रीलाई आग्रह गरिएको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए । 

त्यसैगरि वार्षिक सय जना कामदार विदेश नपठाए म्यानपावर कम्पनी खारेज हुने प्रावधानलाई तत्काल फुकुवा गरि सहजीकरण गर्न समेत माग गरेको छ । यसअघि सरकारले वार्षिक सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने प्रावधान वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्ने निर्णय गरिसकेको छ । सोहि अनुरुप त्यसको जिम्मेवारी लिंदै आगामी असर भित्र नै प्रक्रिया टुंगो लगाइसक्न संघले श्रममन्त्रीको ध्यानाकर्षण गरेको छ ।

त्यस्तै व्यवसायीले तिर्ने घर बहाल कर, आयकर, व्यवसाय कर लगायतका राजस्वमा छुट दिन संघले माग गरेको छ । व्यवसायीले दिएको ऋणको व्याजमा छुट दिने वा अनुदान दिन सरकार्संग संघले माग गरेको छ । चैत्र मसान्तसम्म तिर्न नसकेको नपाएको व्याजलाई असार मसान्तसम्ममा तिर्दा हर्जना नलिने व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै भाखा नाघेका ऋण तिर्ने अवधि एक वर्ष थप गरि ऋण नवीकरण गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

संघको नेतृत्वमा मन्त्रालय गएको टोलीमा नेपाल लोकत्रान्त्रिक वैदेशिक रोजगार एसोसिएसन, प्रगतिशील व्यवसायी मंच लगायत विभिन्न व्यवसायी घटकका अध्यक्ष लगायत व्यवसायीको प्रतिनिधित्व रहेको थियो ।

५० लाख नगद धरौटी फिर्ता गरिदिन सरकारसंग म्यानपावर व्यवसायीको माग

नगद ५० लाख धरौटी उपलब्ध गराउन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनको माग (मागसहित)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण