२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० लाख नगद धरौटी फिर्ता गरिदिन सरकारसंग म्यानपावर व्यवसायीको माग

२०७७, ५ बैशाख शुक्रबार ०८:५५

वैशाख ५, काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटी ५० लाख व्यवसायीलाई फिर्ता गर्नुपर्ने बेला आएको बताएका छन्  । व्यवसायीले राखेको धरौटी रकम मध्ये नगद ५० लाख धरौटी रकम व्यवसायीलाई फिर्तागरी वैदेशिक रोजगार व्यवसायीहरुलाई पलायन हुनबाट बचाउन नेपाल सरकारका सम्बन्धित निकायमा अनुरोध गरेका छन् ।

कोरोना महामारीको कारण लकडाउन खुला भएता पनि  वैदेशिक रोजगार व्यवसायीले कार्यलय सन्चालन गर्न कम्तीमा ८-१० महिना लाग्नसक्ने उनले बताए । अधिकांस व्यवसायीले हाल सालै  ब्याजमा खोजेर वृद्धि भएको नगद धरौटी जम्मा गरेको देखिन्छ । 

कोरोना महामारीले गर्दा  कारोबार नै नहुने अवस्थामा कार्यलय भाडा र स्टाफलाई तलब दिन समस्या पर्ने निश्चित छ उनले भने 'त्यसैले यदि व्यवसायी सस्था यो बीचमा मर्ज हुने अवस्था आएमा सो बमोजिम तोकिएको रकम तोकिएको समयमा जम्मा गर्ने यदि मर्जर नभएको खण्डमा हरेक सस्थाले २ वर्ष भित्र दुई किस्तामा रकम फिर्ता गर्ने गरि व्यवसायीले राखेको नगद धरौटी ५० लाख व्यवसायीलाई फिर्ता गरिदिन अनुरोध गर्दछु ।'

वि. स. २०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायिको कार्यलयमा आगजनी र तोडफोड गरेको दु:खद घटना सबैलाई थाह भएको विषय हो, उनले भने 'सो दु:खद घटनाको कारण लामो समय म्यानपावर कार्यलयहरु बन्द भएको थियो । व्यवसायीहरुको कार्यलय संरचना निर्माण गर्न, अफिस भाडा लगायतका व्यवस्थापन गर्न आर्थिक अभाव नहोस् भनी नेपाल सरकारले सबै इजाजत पत्र प्राप्त वैदेशिक रोजगार  व्यवसायीहरुले राखेको नगद धरौटी एक वर्ष भित्र फिर्ता गर्ने गरि व्यवसायीलाई लाई दिएका थिए । साथै समय भित्र सबै व्यवसायीले सो रकम सरकारलाई फिर्ता गरेको थियो ।'

नगद धरौटी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहमतिमा वैदेशिक रोजगार विभागका महानिर्देशकले निर्णय गर्न मिल्ने विषय रहेको भन्दै उनले यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पहल कदमी लिन सुझाव दिएका छन् । सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर गत भदौबाट ६ करोडसम्म पुर्याएको थियो । साथै हाल व्यवसायीले राखेको बैंक ग्यारेन्टी यथावत राख्दै व्यवसायीले नगद स्वरूप राखेको न्युनतम ५० लाख फिर्ता गर्न सरकारसंग उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ