२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोहन गुरुङलाई पत्र ‘म्यानपवार सवै ठग हुन्’ यी शव्द र भाषा प्रयोग गर्नुको कारण स्पष्ट गर्नुस्

२४ बैशाख २०७७, बुधबार ०८:०४

बैशाख २४, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले लेखेको पत्रको ध्यानाकर्षण भएको जनाएको छ । निवर्तमान अध्यक्ष गुरुङले साझा सबाल मिडिया मार्फत संघका अध्यक्ष बिष्णु गैह्रेलाई पत्र लेख्दै कोरोना महामारीको कारण बन्द रहेको वैदेशिक रोजगार अब कसरी सुचारु गर्ने सोचमा राज्यसग गरिएको संवादको अवस्थाबारे जानकारी गराउन माग गरेका थिए । 

व्यवसायीका सान्दर्भिक माग सम्बोधनका लागि संघले विशेष पहल गर्न संघका अध्यक्ष बिष्णु गैह्रेलाई गुरुङले ध्यानाकर्षण गराएका छन् । सोहि पत्रबारे ध्यानाकर्षण भएको भन्दै संघले गुरुङलाई लेखेको पत्रमा भानिएको छ, 'संकटको यस घडिमा सस्तो लोकप्रयिता हासिल गर्ने, तपाईको भन्दा फरक राजनैतिक विचार राख्ने समुहवाट निर्वाचित भएकाले वर्तमान कार्य समितिलाई लाञ्छित गर्ने, आफनो कुण्ठा अभिव्यक्त गर्ने कार्यमा खर्च गर्नु भएको महसुस संघले गरेको छ ।' 

व्यवसायीले लामो समय देखि उठाएका मागहरु सरकारबाट सम्बोधन हुदैनन् भने अब वैदेशिक रोजगार पुनः सुचारु गर्न आवश्यक नभएको भन्दै गुरुङ्गले पत्र लेखेको थिए । साथै गुरुङले व्यवसायीले राखेको धरौटी तत्काल फिर्ता गर्न लगाउने निर्णय गर्न तपाईंको नेतृत्व तयारी हो कि भन्दै प्रश्न गरेका थिए । उनले पत्र लेखेसंगे संघले श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएर नगद ५० लाख धरौटी फिर्ता गरिदिन आग्रह गरेको छ भने वार्षिक सय जना कामदार अनिवार्य विदेश पठाउनु पर्ने प्रावधान हटाउन र अन्य माग सम्बोधन गर्न अनुरोध गरेको छ ।

गुरुङले दश हजारको रसिद थमाएर ठगको तक्मा भिर्न बाद्य भएर अफिस खोल्ने की ? लिएको पैसाको(सेवा शुल्क) रसिद दिन मिल्ने नियम कानुन परिमार्जन गरेर व्यवसाय गर्ने भन्दै अध्यक्ष गैह्रेलाई पत्र लेखेका थिए । संघ अध्यक्ष गैह्रेले गुरुङलाई लेखेको प्रतिउत्तर पत्रमा भनिएको छ ''मलेशीया वन्द हुदा, मलेशीया र यु ए.ई. संग श्रम सम्झौता गर्दा, नेपालमा कतार भिषा सेन्टर लागु गर्दा संघमा कसको नेतृत्व थियो ? यि कार्यहरुमा व्यक्तिगत रुपमा तपाईको र संघको कार्य समितिको भूमिका के थियो ? मलेशीया रोजगारी किन वन्द गरियो ? मलेशीया वन्द गराउन, खुलाउन वा मलेशयिाका भेण्डर परिवर्तन गर्नलाई भएका “खेल” मा तपाईको भूमिका थियो थिएन ? यि कार्यहरु हुदा सरकार कुन दलको थियो ?''

रोहन गुरुङलाई बिष्णु गैह्रेले लेखेको प्रतिउत्तर पत्र 

श्री रोहन गुरुङ्ग ज्यू, 

निबर्तमान अध्यक्ष तथा सल्लाहकार

विषय: सामाजिक सञ्जालमा प्रेषित तपाईको विज्ञप्ती सम्वन्धमा ।

तपाईले सामाजिक सञ्जाल मार्फत मिति २०७७/१/१४ गते मलाई संवोधन गरि पठाउनु भएको पत्रको सम्वन्धमा संघको ध्यानाकार्षण भएकाले यो पत्र पठाएको छु ।

(१) तपाई यस संघको एउटा जिम्मेवार सदस्य, निवर्तमान अध्यक्ष र संघको सल्लाहकार भएको नाताले तपाई यस व्यवसायको सम्वन्धमा अन्य व्यवसायी भन्दा वढि जिम्मेवार र जानकार रहे भएको हुने पर्ने र तपाईको अनुभव, ज्ञान, विद्धता र सल्लाहले संघ, संघको कार्य समिति, वैदेशिक रोजगार व्यवसायी र समग्र वैदेशिक रोजगार क्षेत्र लाभांन्वित हुनुपर्ने हो तर कार्य समतिलाइ सल्लाह दिनको सट्टा तपाईले आफनो अनुभव, ज्ञान र विद्धता संघ, वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको हित, कल्याण र उन्नतीमा नलगाई संकटको यस घडिमा सस्तो लोकप्रयिता हासिल गर्ने, तपाईको भन्दा फरक राजनैतिक विचार राख्ने समुहवाट निर्वाचित भएकाले वर्तमान कार्य समितिलाई लाञ्छित गर्ने, आफनो कुण्ठा अभिव्यक्त गर्ने कार्यमा खर्च गर्नु भएको महसुस संघले गरेको छ ।

(२) तपाई वैदेशिक रोजगार व्यवसाय, व्यवसायी, कामदार र राष्ट्र हितमा रहे भएको भए आफनो ज्ञान र सिप र अनुभवलाई अनावश्यक रुपमा मिडियावाजी गर्न, सस्तो लोकप्रयिता पाउन, तपाई भन्दा फरक राजनैतिक विचार राख्ने कार्य समितिलाई लाञ्छित गर्न र आफनो कुण्ठा अभिव्यक्त गर्ने कार्यमा खर्च नगरि वैदेशिक रोजगार व्यवसाय र कामदारको हित प्रवद्र्धन गर्ने कार्यमा खर्च गर्नु हुनेछ भन्ने आशा गरिन्छ । तपाईको नियत र उद्धेश्य तपाईका आगामी कार्यहरुले तय गर्ने नै छन्।

(३) तपाईले विज्ञप्तीमा प्रयोग गर्नु भएको भाषा र शव्दहरु व्यवसायी र व्यवसाय प्रति अपमान पुर्ण र लाञ्छना लगाउने रहेको देखिन्छ । व्यवसायी र व्यवसाय प्रति तपाईको धारणा यहि हो ? संघको सदस्य, निवर्तमान अध्यक्ष र सल्लाहकार रहेको व्यक्तिले किन व्यवसाय र व्यवसायी प्रति आक्षेप लगाउने अपमानजनक शव्द, भाषा प्रयोग गर्नु भएको हो ? यस्ता शव्द र भाषा प्रयोग गर्नुको कारण स्पष्ट गर्नु होला ।

(क) “व्यवसायीको योगदानलाई आम नागरिक र सरकार सकारात्मक रुपमा लिन चाहदैनन"

(ख) “अपारदर्शी लेनदेन”

(ग) “फ्रि भिषाको नियमलाई संरक्षण गरेर”

(घ) “ठगको तक्मा भिरेर”

(ङ) “वैदेशिक रोजगार आवश्यक छैन”

(च) “म्यानपवार सवै ठग हुन्”

(छ) “पुरानो वाजागाजा सहित ठगीको रथमा सवार दुलाहा राजा वनेर अफिस खोल्न जान पर्ने”

(४) निम्न प्रश्नको जवाफ दिनु भएमा यस संघलाई कार्य गर्न र व्यवसायीको हितमा गर्न सहयोग पुग्ने विश्वास लिईएकाले यि विषयहरुमा स्पष्ट गरि दिनु हुन अनुरोध गरिन्छ ।

(क) तपाई अध्यक्ष रहेको कार्य समितिमा तपाईले आस्था राख्ने राजनैतिक दलका सदस्यहरु पदाधिकारी र सदस्यहरु रहनु भएको थियो भने सरकार पनि तपाईहरुले आस्था राख्ने राजनैतिक दलको नै थियो । त्यस समयमा तपाईले सरकार, मन्त्री, नेता र तपाईले आस्था राख्ने दलसंग सहयोग र समन्वय गर्नु भयो भएन ? सहयोग समन्वय गर्नु भएको भए व्यवसाय र व्यवसायीको हितमा के कस्ता कार्य गर्नु गराउनु भयो ?

(ख) व्यवसाय र व्यवसायीको हित हुने के के नितिगत सुधार गर्नु गराउनु भयो ?

(ग) व्यवसाय र व्यवसायीको हितमा के के कानुनी सुधार गर्नु गराउनु भयो ?

(घ) नेपालमा कतार भिषा सेन्टर लागु गर्न तपाईको सक्रियता र भुमिका थियो भनि पत्र पत्रिका, सामाजिक सञ्जालका आएका, सुनिएका विषय प्रमाणित नभई संघले विश्वास गर्दैन तर मलेशीया वन्द हुदा, मलेशीया र यु ए.ई. संग श्रम सम्झौता गर्दा, नेपालमा कतार भिषा सेन्टर लागु गर्दा संघमा कसको नेतृत्व थियो ? यि कार्यहरुमा व्यक्तिगत रुपमा तपाईको र संघको कार्य समितिको भूमिका के थियो ? मलेशीया रोजगारी किन वन्द गरियो ? मलेशीया वन्द गराउन, खुलाउन वा मलेशयिाका भेण्डर परिवर्तन गर्नलाई भएका “खेल” मा तपाईको भूमिका थियो थिएन ? यि कार्यहरु हुदा सरकार कुन दलको थियो ?

निवर्तमान अध्यक्ष तथा सल्लाहकार ज्यु,

तपाई हामी सवै वैदेशिक रोजगार व्यवसायमा आवद्ध छौं । यो व्यवसाय मर्यादित, व्यवस्थित, सुरक्षित र पारदर्शी भएमा तपाई हामी सवैको ईज्जत मान प्रतिष्ठा वढने भएकाले  यस व्यवसायमा आवद्ध सवै व्यवसायीको हित हुने कार्यमा हामी विच सल्लाह सहकार्य र एकता गरेर अघि वढौं अनावश्यक रुपमा राजिनती गरेर एक अर्कालाई दोष लगाउन र आफु हिरो हुन होईन । 

यस सन्दर्भमा म याहालाई यि नेपाली उखान स्मरण गराउदछु ।

– थुक्दा आकाश तिर फर्केर नथुक्नु किनकि थुक आफनो अनुहारमा पर्छ ।

– लाटो खान्छ एक वल्डयाङ्ग वाठो खान्छ तिन वल्डयाङ्ग ।

– एकता नै शक्ति हो ।

तपाई वुद्ध धर्म मान्ने भएकाले वुद्धम् शरणम् गच्छामी भन्ने भगवान वुद्धको वाणी मनन गर्नु हुन अनुरोध गर्दै तपाईको जवाफको प्रतिक्षा सहित विदा चाहन्छु ।

बिष्णु गैरे

अध्यक्ष

'म्यानपावर व्यवसायीले ठग र दलालको तक्मा भिरेर यो देशको बेरोजगारी समस्या हल गरि दिनुपर्ने ?'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य