२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

वैदेशिक रोजगारीका पीडा भिडियोमा (भिडियो सहित)

२०७७, ६ भाद्र शनिबार ०३:३७

भदौ ६, तनहुँ | 

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन

विरानो देशमा मै मरी गए रोईदिने कोही छैन

मरि हालें भने पनि नेपालमै मर्न पाउँ

आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ 

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छ । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछ, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित “बिरानो देश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा बसेको छु म  परेर अलमल

निभेको छ मनको बत्ती झलमल

कसको छ र परदेशमा आउनलाई मन 

रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाका बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिनुभयो । “नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,” नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भन्नुभयो, “यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौ ।” 

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिनुभएको छ । भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ । रासस 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्