नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भ"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

मलेसियामा गुम्यो ज्यान, अधुरै रह्यो छोरालाई डाक्टर बनाउने सपना

१४ श्रावण २०७३, शुक्रबार १०:०९

नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भन्ने ठाँउमाको एक टाएल बन्ने… इलाई (YI-LAI) कम्पनीमा करिब पाँच बर्षसम्म काम गर्दै आएका पुर्ण तामाङको गएराति सुतिरहेको अबस्थामामै निधन भएको छ । 

मलेसिया आएको करिव पाँच बर्ष नबित्दै उनी घरमा फर्किए तर जिवित हैन, हिडेर हैन, यउटा बन्द बाकसमा, नेपालमा रोजगार नपाउदा बाध्यताले गर्दा विदेश पस्नु परेको थियो । जेन तेन छोराछोरीलाई शिक्षा र खाना दिनलाई पुगेकै थियो । तीन बर्षको छुट्टीमा घर पनि गयका हुन। मान्छेको जातलाई कहिले पुर्णतः हुन्छ र? सन्तानका धेरै रहरहरु थिए, कसैले डाक्टर बन्ने भन्थे त कसैले शिक्षक तर ती सपनाहरु अधुरै रहने भए । जेठो छोरा र माईलो छोराको त उमेर पनि ठूलो भईसकेको छ । तर कान्छो छोरो सानै छन्, खै के हुने हो भोलीको दिनमा । उनले सधैं भन्थे छोराहरुलाई । विदेश पस्न दिलै न जति दुख मैले गरेपनि सन्तानले दुख नपाउन भन्ने चाहेको छु । भन्थे तर खै, म यी शब्दहरु लेख्दै गर्दा मेरो मनपनि भक्कानीएर आउँछ । उनका हजारौं हजार रहर र चाहान हरु अधुरै रहने भए। हामि सँगसँगै काम गर्ने मान्छे , यसरी बाकसमा घर जाँदा कसको मन रुदैन होलार!  एकदमै मिलनसार सहयोगि आफै साथि यसरी मर्दा आज अनौठो लागिरहेको छ । 

साँझमा सँगसँगै खाना खाएर गफगर्दै सुतेका साथि बिहान करिब 6:30 मा बोलाउदा नबिउझदा जिस्कदै ओई आज रेस्टडे (restday) होर भनेर शरिरमा हात राखेको के थिए,,,, चिसो भएको रहेछ । अनि अचानक सबैलाई खबर गरे अनि अत्तालीदै सबै साथिहरु बिउझिए, परदेशीको जीवन भरै हुदो रहेनछ । आज होकि भोलि, मर्नु त पर्छ जन्मेपछि तर ढिलो चाँडो मात्रै फरक हो । आज मिलनसार र आत्मिय साथि गुमाउदा सारै मन दुखेको छ । मनले सोच्दैछ । अब परदेश पसिदैन जस्तो दुख जस्तो बाधा आएपनि स्वदेशमै सामना गरिन्छ । भनेने आँट मनमा जागेको छ। र बिदेश पस्ने सबैलाई अनुरोध कृपया बिदेशमा नआउनु होला… !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव