२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आप्रवास स्रोत केन्द्र उद्घाटन

२०७७, ३ पुष शुक्रबार ०७:१४

पुस ३, चितवन । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवास स्रोत केन्द्रको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा आज स्रोत केन्द्रको उद्घाटन गरिएको हो । 

महानगरपालिकाका प्रमुख रेनु दाहालले वैदेशिक रोजगारीमा गएर नेपाली अलपत्र पर्ने अवस्था रहेकाले यसलाई न्यूनीकरणका लागि स्रोत केन्द्र महत्वपूर्ण हुने बताउनुभयो । वैदेशिक रोजगारीमा गएर बेवारिसे बन्न पुगेकालाई यसले सहयोग गर्ने उहाँको भनाइ थियो । 

विदेशमा जान लागेका र गएर फर्किएकालाई यस केन्द्रले मनोवैज्ञानिक परामर्श दिएर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । महानगरले विदेशबाट स्वदेश फर्किएकाको लागि ‘विदेशको सीप स्वदेशको कार्यक्रम’ सञ्चालन गर्ने तयारीमा रहेको सो अवसरमा जानकारी दिइयो । यस कार्यक्रमअन्तर्गत रु पाँच लाखसम्म ऋण लिएर व्यवसाय गर्नेका लागि सम्पूर्ण ब्याज र रु २५ लाखसम्म ऋण लिनका लागि दुई प्रतिशत ब्याज महानगरले ब्यहोर्ने प्रमुख दाहालले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाबाट दैनिक ५० जनाले राहदानी बनाउने गरेको जानकारी दिनुभयो । अहिलेका समयमा वैदेशिक रोजगारीमा जानेका लागि मनोवैज्ञानिक परामर्श महत्वपूर्ण  पाटो रहेको उहाँको भनाइ थियो । सुरक्षित आप्रवास परियोजनाअन्तर्गत जिल्लामा केन्द्रले चार स्थानीय तहमा काम गरिरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस