2026-08-03 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

काठमाडौँ | गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए ।

यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो सङ्ख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो । निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालु आवमा रु १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व सङ्कलन गरेको छ ।

काठ दाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट रु सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला