२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिक बस्ने होष्टलमा कडाई गरिंदै

२७ माघ २०७७, मंगलवार ०५:५८

माघ २७, काठमाडौँ । मलेसियाले विदेशी श्रमिक बस्ने होष्टललाई व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ । कोभिड संक्रमण फैलिन नदिन यस्तो कडाइ गरिने भएको हो । मलेसियाको संघिय मामिला सम्वन्धि मन्त्रीले विदेशी श्रमिक बस्ने होष्टल भिडभाडपूर्ण नहोस् भनेर विशेष सजगता अपनाउने बताएका हुन् ।

मन्त्री अनुआर मुसाले विदेशी श्रमिक धेरै भिडभाडयुक्त होष्टलमा बस्नुपर्ने बाध्यता नहोस् भनेर कडाई गरिने बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माकाले जनाएको छ । मलेसियाले पछिल्लो समयमा विदेशी श्रमिक बस्ने होष्टलबाट कोभिड संक्रमण फैलिन सक्ने भन्दै त्यसमा कडाई गर्ने प्रयास गर्दै आएको छ ।

होष्टल बढी भिडभाडयुक्त भएमा रोजगारदाताले निक्कै ठूलो आर्थिक जरिवाना तथा कैद सजाय समेत भोग्नुपर्ने चेतावनी सरकारले दिंदै आएको छ । यस्तै मन्त्रालयले मानव संशाधन मन्त्रालय तथा स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण क्षेत्रमा एक समयमा काम गर्न पाइने श्रमिकको संख्या समेत तोक्ने तयारी गरेको छ । 

मलेसियामा निर्माण क्षेत्रमा एकैसमयमा धेरै श्रमिकलाई काममा लगाइएका कारण कोभिडको संक्रमण फैलिएको अनुमान गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ