मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर क"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

अपहरण कि वैदेशिक रोजगार !

२०७३, २३ श्रावण आईतवार ०७:१६

मनमाया दनुवार आम नेपाली महिला जगत्की एक प्रतिनिधि पात्र हुन् । सशक्त बन्दै गएको त्यो जगत्भित्र केही गरौँ भन्ने उत्कट अभिलाषा छ, तर केही गरेको र नगरेको नतिजा या उपलब्धि पैसाले जोखिन्छ ।

परम्परागत रूपमा घर सञ्चालनको जिम्मेवारीमा श्रमको लगानी प्रशस्त हुन्छ, तर त्यसको मूल्य रुपैयाँ र सम्मानमा हासिल हुँदैन । श्रमिकको रूपमा बाहिर जाँदा कतिपय मुलुकमा श्रमको सम्मान हुन्छ र कतिपय ठाउँमा शोषण ।

नेपाली कामदार बढी संख्यामा जाने खाडी मुलुकमा श्रमको सम्मान कम र शोषण बढी हुने गरे पनि पसिनाको मोल ‘रियाद' या ‘धिराम' मा पाउने आशाले उनीहरूलाई मरुभूमिले आकर्षित गर्छ । त्यहाँ सामना गर्नुपर्ने प्रतिकूलताको कल्पना कमैले गर्छन्, तर श्रमको मूल्य लिएर स्वदेश फर्केपछि समृद्ध जीवनको कल्पना र आकांक्षा या महत्त्वाकांक्षा सबैमा हुन्छ ।

मनमाया दनुवार एउटा त्यस्तै आकांक्षा र कल्पनाको राजमार्गमा सजीव यात्री थिइन् । तर बीचैमा टुटेको त्यो यात्रापछि उनी यस्तो आकांक्षा बोकेका अनेक नेपाली दिदीबहिनीका लागि एकजना गुरु या अत्यन्त व्यावहारिक पाठका रूपमा देखा परेकी छन् र त्यस्तो यात्रामा जुट्नुपूर्व उनलाई सबैले गम्भीरताका साथ लिनु आवश्यक छ । त्यति मात्र हैन, वैदेशिक रोजगारका नाममा हुने मानव तस्करी र श्रम शोषणमा लिप्त स्वदेशी तथा अन्तर्राष्ट्रिय गिरोहको भूमिकाका कारण कसरी आपराधिक प्रवृत्ति फैलिएको छ र त्यसलाई रोक्न नेपाल सरकारले कस्ता पहल लिनु आवश्यक छ, त्यसको लागि पर्याप्त प्रमाण र बाध्यता जुटाइदिएकी छन् उनले ।

स्थानीय ‘दलाल' मार्फत इराकमा राम्रो नोकरी जुटाइदिने प्रलोभनमा ठूलो रकम असुली गरेपछि स्वयम्भूबाट भारतको मुम्बई पुर्‍याइयो मनमायासहित नेपाली महिलाको एक ठूलो समूहलाई । असार ११ गते इराक पुर्‍याइने आश्वासनका साथ उनीहरूलाई श्रीलंका पुर्‍याई एउटा मानव तस्कर दलाल समूहले बन्दी बनायो, अमानवीय र यातनापूर्ण जीवन बिताउन बाध्य बनाएर ।

तर अवैध रूपमा सञ्चालित यस्ता धन्धामा लागेका तिनका कारिन्दा प्रतिरोधबाट डराउँछन्, किनकि त्यसले अपराध र त्यसमा संलग्न गिरोह सार्वजनिक निगरानीमा आउने खतरा बढ्न जान्छ । सम्भवतः त्यही कारणले मनमायाको विरोधपछि उनलाई नेपाल फर्काउन त्यो गिरोहको स्थानीय कारिन्दा बाध्य भयो र अन्नपूर्ण पोस्टमार्फत मनमायाले मानव तस्करीमा संलग्न त्यो अन्तर्राष्ट्रिय सञ्जाल तथा गतिविधि सार्वजनिक जानकारीमा ल्याइन्, ठूलो खतरा मोलेर ।

यो रहस्योद्घाटनले नेपाल सरकारसमक्ष एउटा ठूलो चुनौती र जिम्मेवारी सुम्पेको छ । पहिलो जिम्मेवारी मनमायासँगै मुम्बई हुँदै श्रीलंका पुगेकाहरूको यथार्थ हालत पत्ता लगाई उनीहरूको सुरक्षित स्वदेश फिर्ता हो । त्योसँगै त्यो तस्करीमा संलग्न नेपालस्थित दलाललाई गिरफ्तार गरी भारत र श्रीलंकाको त्यो सञ्जाललाई समेत कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारमार्फत उसले पहल गर्नु आवश्यक छ ।

भारत र श्रीलंका दुवै मुलुक ‘सार्क' का सदस्य भएका र मानव तस्करीविरुद्ध प्रतिबद्धता जनाएकाले त्यो अपराधमा संलग्न गिरोहविरुद्ध कारबाही सहज तरिकाले अघि बढाउन सकिन्छ । इराक अति जोखिमयुक्त द्वन्द्वग्रस्त मुलुक रहेको र त्यहाँ कामदार नपठाउने नेपाल सरकारको निर्णयविपरीत मनमायालगायतलाई रोजगारका नाममा त्यहाँ पठाउने गिरोह पक्कै पनि निकै शक्तिशाली देखिन्छ ।

त्यसको बाहिर र नेपाली प्रशासन तथा शक्तिकेन्द्रसँगको साँठगाँठसमेत खुल्ने गरी छानबिन गर्नु सरकारको अपरिहार्य दायित्व र जवाफदेही हुनेछ । – अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी