२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : आगामी डिसेम्बरसम्म नेपालीका लागि ढोका बन्द !

२३ असार २०७८, बुधबार ०८:०६

असार २२, काठमाडौं । नेपालीहरुको लागि मलेसिया रोजगारी आगामी डिसेम्बरसम्म नै बन्द हुने देखिएको छ ।  मलेसियामा कोभिड-१९ संक्रमण दर उच्च रुपमा फैलिरहेका कारण आगामी डिसेम्बरसम्म नै नेपालीको लागि मलेसिया रोजगारी बन्द हुने देखिएको मलेसियाका लागि श्रम काउन्शिलर दिपक ढकालले बताए ।

 वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको 'प्रमुख श्रम गन्तव्य मुलुकहरुले नेपाली कामदार लिने गरेका नयाँ व्यवस्था विषयक' वेविनार कार्यक्रममा बोल्दै काउन्सिलर ढकालले भने 'मलेसियामा कोरोना संक्रमण बढ्दै गएको छ, हाल दैनिक ४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् यस्तो अवस्था जारी रहेमा आगामी डिसेम्बरसम्म नै मलेसियाले नेपाली कामदार लिने अवस्था रहँदैन ।' 

कोरोना संक्रमण दर नियन्त्रणमा नआएको अवस्थामा मलेसिया सरकारले विदेशी कामदार लिने बारे खासै चासो  नदेखाएको ढकालले बताए । गत वर्ष मार्चबाट नै आजसम्म लकडाउनकै  अवस्था नै रहेकोले त्यसले प्रभाव पारेको उनले बताए । मलेसियामा रहेका कति नेपाली कोरोना संक्रमित भए भनेर मलेसियाले देशगत आकडा नदिने नीति लिएको छ, आजसम्म मलेसियामा रहेका २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् उनले भने 'कोरोना खोपलाई मलेसियाले प्राथमिकतामा राखेपनि अपेक्षित रुपमा सबैले खोप प्राप्त गर्न सकेका छैनन् ।'

आगामी दिनमा मलेसिया र नेपालमा कोरना संक्रमण दरको अवस्था के हुन्छ ? त्यसले पनि मलेसियामा नेपालीको लागि नयाँ रोजगारी खुला हुने कि नहुने भन्ने असर गर्छ तरपनि मलेसियामा नेपाली कामदारको लागि माग उच्च रहेको उनको भनाई छ  । साना ठुला रोजगारदाता दुतावासमै पुगेर नेपाली श्रमिक कहिलेबाट लिन सकिन्छ भन्दै जिज्ञासा राख्ने गरेको उनले बताए । यद्यपी मलेसियाले नेपाली सहित विदेशी श्रमिक लिन बन्देज लगाएपनि नेपालले मलेसियामा जान बन्देज लगाएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो