२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : आगामी डिसेम्बरसम्म नेपालीका लागि ढोका बन्द !

२०७८, २३ असार बुधबार ०८:०६

असार २२, काठमाडौं । नेपालीहरुको लागि मलेसिया रोजगारी आगामी डिसेम्बरसम्म नै बन्द हुने देखिएको छ ।  मलेसियामा कोभिड-१९ संक्रमण दर उच्च रुपमा फैलिरहेका कारण आगामी डिसेम्बरसम्म नै नेपालीको लागि मलेसिया रोजगारी बन्द हुने देखिएको मलेसियाका लागि श्रम काउन्शिलर दिपक ढकालले बताए ।

 वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको 'प्रमुख श्रम गन्तव्य मुलुकहरुले नेपाली कामदार लिने गरेका नयाँ व्यवस्था विषयक' वेविनार कार्यक्रममा बोल्दै काउन्सिलर ढकालले भने 'मलेसियामा कोरोना संक्रमण बढ्दै गएको छ, हाल दैनिक ४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् यस्तो अवस्था जारी रहेमा आगामी डिसेम्बरसम्म नै मलेसियाले नेपाली कामदार लिने अवस्था रहँदैन ।' 

कोरोना संक्रमण दर नियन्त्रणमा नआएको अवस्थामा मलेसिया सरकारले विदेशी कामदार लिने बारे खासै चासो  नदेखाएको ढकालले बताए । गत वर्ष मार्चबाट नै आजसम्म लकडाउनकै  अवस्था नै रहेकोले त्यसले प्रभाव पारेको उनले बताए । मलेसियामा रहेका कति नेपाली कोरोना संक्रमित भए भनेर मलेसियाले देशगत आकडा नदिने नीति लिएको छ, आजसम्म मलेसियामा रहेका २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् उनले भने 'कोरोना खोपलाई मलेसियाले प्राथमिकतामा राखेपनि अपेक्षित रुपमा सबैले खोप प्राप्त गर्न सकेका छैनन् ।'

आगामी दिनमा मलेसिया र नेपालमा कोरना संक्रमण दरको अवस्था के हुन्छ ? त्यसले पनि मलेसियामा नेपालीको लागि नयाँ रोजगारी खुला हुने कि नहुने भन्ने असर गर्छ तरपनि मलेसियामा नेपाली कामदारको लागि माग उच्च रहेको उनको भनाई छ  । साना ठुला रोजगारदाता दुतावासमै पुगेर नेपाली श्रमिक कहिलेबाट लिन सकिन्छ भन्दै जिज्ञासा राख्ने गरेको उनले बताए । यद्यपी मलेसियाले नेपाली सहित विदेशी श्रमिक लिन बन्देज लगाएपनि नेपालले मलेसियामा जान बन्देज लगाएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ