२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्ध्र वर्षभन्दा बढी वैदेशिक रोजगारमा गएर नेपाल आएका ज्ञानेन्द्रको कमाई विदेशमा भन्दा बढी

२०७८, २६ असार शनिबार ०७:१४

असार २६, चितवन | पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ । 

भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उहाँ काममा व्यस्त हुनुहुन्छ । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्ययनका क्रममा विदेशिनु भयो । विसं २०५७ मा मकाउ जानु भएका उहाँले चार वर्ष त्यहाँ बिताउनुभयो । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उहाँ कोरिया पुग्नुभयो । सात वर्षको कोरिया बसाइमा मासिक रु.१ लाख ३० हजार हाराहारी कमाइ थियो । त्यसबाट उहाँ सन्तुष्ट हुन सक्नु भएन । त्यसपछि युएई पुग्नुभयो । त्यहाँ चार वर्ष ६ महिना बसाइ अन्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किनु भयो । 

लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गर्नुभयो । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उहाँले फराकिलो ठाउँ खोज्नु भयो । यही क्रममा तीन वर्षपछि उहाँ रिजाल चोक आइपुग्नुभयो । दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाइ, पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गर्नुभएको छ । 

यो व्यवसायमा उहाँको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गर्नुभएकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिँदै आउनु भएको छ । दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्नुहुन्छ भने उहाँ बजार प्रवद्र्धनमा जुट्नुहुन्छ । नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहनु भएका उहाँले भन्नुभयो “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।” 

दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उहाँ शनिबारको दिन परिवारसँगै रमाउने गर्नुहुन्छ । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उहाँको प्रचलन रहेको छ । आम्दानी कस्तो छ ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “विदेशको भन्दा झण्डै दोब्बर यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।” अब विदेश जानुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।” 

ज्ञानुका नामले परिचित उहाँका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न सक्नु भएका उहाँको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न उहाँले सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन