२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्ध्र वर्षभन्दा बढी वैदेशिक रोजगारमा गएर नेपाल आएका ज्ञानेन्द्रको कमाई विदेशमा भन्दा बढी

२६ असार २०७८, शनिबार ०७:१४

असार २६, चितवन | पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ । 

भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उहाँ काममा व्यस्त हुनुहुन्छ । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्ययनका क्रममा विदेशिनु भयो । विसं २०५७ मा मकाउ जानु भएका उहाँले चार वर्ष त्यहाँ बिताउनुभयो । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उहाँ कोरिया पुग्नुभयो । सात वर्षको कोरिया बसाइमा मासिक रु.१ लाख ३० हजार हाराहारी कमाइ थियो । त्यसबाट उहाँ सन्तुष्ट हुन सक्नु भएन । त्यसपछि युएई पुग्नुभयो । त्यहाँ चार वर्ष ६ महिना बसाइ अन्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किनु भयो । 

लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गर्नुभयो । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उहाँले फराकिलो ठाउँ खोज्नु भयो । यही क्रममा तीन वर्षपछि उहाँ रिजाल चोक आइपुग्नुभयो । दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाइ, पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गर्नुभएको छ । 

यो व्यवसायमा उहाँको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गर्नुभएकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिँदै आउनु भएको छ । दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्नुहुन्छ भने उहाँ बजार प्रवद्र्धनमा जुट्नुहुन्छ । नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहनु भएका उहाँले भन्नुभयो “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।” 

दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उहाँ शनिबारको दिन परिवारसँगै रमाउने गर्नुहुन्छ । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उहाँको प्रचलन रहेको छ । आम्दानी कस्तो छ ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “विदेशको भन्दा झण्डै दोब्बर यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।” अब विदेश जानुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।” 

ज्ञानुका नामले परिचित उहाँका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न सक्नु भएका उहाँको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न उहाँले सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो