२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

३१ श्रावण २०७८, आईतवार ०४:२७

 साउन ३१, काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।

दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको छैन ।

केहि दिनपछि विनामाई म्यानपावरले रोजगारदाता कम्पनीसँग श्रमिक पठाउने अनुमति माग्दा माग्दै सो मागपत्र अर्को म्यानपावरलाई दिएको देखिएको छ । रोजगारदाता कम्पनीले दूतावासमार्फत प्रमाणिकरण गरेर सोही डिमान्ड स्यारोन मेनपवारलाई पुनः ३४ श्रमिक पठाउन मागपत्र प्रमाणिकरण गरेको छ ।

स्यारोन कम्पनी र रोजगारदाता कम्पनीले पहिला नै प्रमाणिकरण भएको मागपत्र जाँचबुझ नै नगरी अर्को म्यानपावरलाई दिर्दा कतार जान तयार रहेका ३३ श्रमिक अलपत्र परेका छन् ।

विनामाई म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक तिर्थबहादुर गुरुङले छनोट भएर विदेश जान तयार रहेका ३३ श्रमिक अलपत्र बनाउने रोजगारदातालाई कालो सूचिमा राख्न वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् ।

नेपाली दूतावासले एकै प्रकृतिका मागपत्रलाई २ पटक प्रमाणिकरण गरेर श्रमिकलाई अलपत्र बनाएको गुरुङको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव