वैदेशिक रोजगारीमा जानेलाई वैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

Posted on: 15 Aug, 2021

साउन ३१, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरुको कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र सम्बन्धी सूचना जारी गरेको छ। विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने हरुले कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र अनलाइन मार्फत नै प्राप्त गर्न सक्ने जनाएको हो ।

कोभिड १९ को संक्रमणको हालको अवस्थामा यस विरुद्ध पुर्ण मात्रा खोप लगाएर विदेश जान चाहने व्यक्तिहरुको हकमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले सम्बन्धित इजाजतपत्रवाला मेनपावरबाटै क्युआर कोड सहितको प्रमाणपत्र लिन सकिने विभागले जनाएको छ ।  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको कोभिड १९ खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np/publice request-from मा भरी सोही लिङ्क मार्फत क्यूआर कोड सहितको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ । 

त्यस्तैगरि व्यक्तिगत रुपमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेहरुको कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र लिन सक्ने विभागले जनाएको छ ।  व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेश जान चाहने व्यक्तिहरुले कोभिड १९ को खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np/publice-request from मा व्यक्ति स्वयमले भरी वा कठिनाई भएमा नजिकमा रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिनसक्ने छन् । सोही लिंक मार्फत क्यूआर कोड सहितको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

साथै https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको प्रमाणपत्र हेर्न तथा प्रमाणपत्र डाउनलोड गर्न सकिने विभागले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!