२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्रीको ध्यानाकर्षण

२०७८, १ भाद्र मंगलवार ०९:०२

भदौ १, काठमाडौँ । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल र मलेसिया बीच नियमित हवाईसेवा संचालनको लागि गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गरेको छ । समितिले गृहमन्त्री  खाँणलाई भेटेर मलेसियामा करार अवधि सकेर स्वदेश फर्कन हवाईसेवा नियमित नभएकाले हवाई भाडा अत्यन्तै महंगो पर्न गएको भन्दै नियमित हवाईसेवा संचालनको लागि पहल गरिदिन ध्यानाकर्षण गराएको छ ।

 नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियामा पनि कोरोना दिनप्रतिदिन फैलिईरहेको कारण  थुप्रै कम्पनीहरु बन्द भैसकेका छन र बन्द हुने क्रममा छन् । एकातिर कोभिङ-१९ को समस्या अर्कोतर्फ नेपालीहरुले रोजगारी गुमाइरहेको अवस्थाले पीडा माथि झन पीडा थपिरहेको समितिले जनाएको छ । 

कोरोना महामारीबाट नियमित हवाई सेवा संचालन नहुँदा मलेसियामा मंगलवार सम्म २४ वटा शवहरु अलपत्र अवस्थामा रहेका छन् । 'परिवारले शव खोजीरहेका छन तर मलेसियामा आउने न्यारोवडी जहाजले शव स्वदेश लैजान नसक्ने हुनाले कम्तीमा पनि मलेसियामा महिनामा दुईपटक सम्म वाईडवडि जहाज पठाउने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौ' गृहमन्त्रीलाई ध्यानाकर्षण गरिएको पत्रमा भनिएको छ ।

'मलेसियामा करीव तीन लाख नेपाली श्रमिकहरु रहेका छन् । उनीहरुलाई विभिन्न कारणले वेलावेलामा समस्या आउने गर्दछ तर उनीहरुले कतैपनि सेल्टर पाउन सकेका छैनन तसर्थ मलेसियामा श्रमिकहरुलाई आफनै सेल्टर हाउस भएको खण्डम उनीहरुले कानुनी न्याय पाउनुको साथै सेल्टरमा बसेर सेवा लिन सक्ने थिए साथै अलपत्र, अगंभग, वेखंची, विरामीहरुक लागि ठुलो राहत मिल्ने थियो त्यसको व्यवस्थाका लागि आवश्यक पहल गरिदिनु हुन समेत अनुरोध गर्दछौ ।' ध्यानाकर्षण पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै