२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी: लोकसेवा मोडेलमा आवेदकको छनौट, योग्य मात्रै छानिने

५ भाद्र २०७८, शनिबार १३:२३

भदौ ५, काठमाडौं । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले अबलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो ।

सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् ।वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको मिहिन अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदनकहरू लिखित परीक्षामा सहभागी हुनेछ ।

इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

साथै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने कार्य हुने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम भइजाने व्यहोरा समेत जानकारी दिएको छ ।

मन्त्रालयले यसअघि सम्झौता कार्यान्वयन गर्ने ‘नेपाल सरकारले इजरायमा नेपलाी सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरिससकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो