२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ बर्षदेखि वैदेशिक रोजगारमा रहेका युवा एसईईमा उत्तीर्ण, छानबिन सुरु !

९ भाद्र २०७८, बुधबार ०९:१८

भदौ ९, काठमाडौँ | वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)  उत्तीर्ण गराएका विषयमा छानबिन सुरुवात गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जीपीए ल्याई एसईई पास गराएका विषमा छानबिन सुरु गरिएको हो । 

उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसईई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाई सकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । ”

विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताउनुभयो । 

उहाँले विद्यार्थीको भौतिक उपस्थिति विना अङ्क दिनु परेको तथा अनुपस्थित लेखिनु पर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिनुभयो । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताउनुभयो ।  नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । 

गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशङ्का गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । 

कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको स्थानीयवासीको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो