२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरीका लागि २ सय जनाको डिमाण्ड आयो, लागत निशुल्क

२०७८, १४ भाद्र सोमबार ०८:१५

भदौ १४, काठमाडौँ । कतार प्रहरीका मागपत्र प्रमाणीकरण शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण शुरु गरेको हो ।

राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको २ सय जनाको  मागपत्र  दुतावासले प्रमाणीकरण गरेको छ । उक्त फाइल आइतबार नै अनलाइन मार्फत ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा प्राप्त भएपछि ताहचाल कार्यालयले विज्ञापन प्रकाशन गर्न पुर्व स्वीकृति दिएको छ ।

वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर प्रकाशित विभापन अनुसार कतारको  Ministry of Interior Human Resources Department का लागि २ सय जना प्रहरीको माग आएको छ । उचाई ५ फिट ७ इन्च, उमेर २२ वर्ष पुरा भई ३३ वर्ष ननाघेको, अंग्रेजी बोल्न लेख्न र पढ्न सक्ने र सम्बन्धित काममा २ वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । लट नम्बर २४४६९१ रहेको उक्त डिमाण्डमा आवेदन दिनका लागि इच्छुक व्यक्तिहरुले आफ्नो सक्कल राहदानीसहित सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्नेछ । फाइनल अन्तर्वार्ता भदौ २१ गते म्यानपावर कार्यालयमा हुने जनाइएको छ । 

स्वदेशमा गरिने प्रि मेडिकल खर्च, स्वदेशमा गरिने बिमा बापतको खर्च र अभिमुखीकरण तालिम बापतको खर्च कामदार स्वयमले व्यहोर्नुपर्नेछ भने त्यस बाहेकका कुनै पनि शुल्क नलाग्ने म्यानपावर कम्पनीले जनाएको छ । भिसा शुल्क, टिकट शुल्क र सेवा शुल्क नलाग्ने भएकोले निशुल्क कतार जान सकिने जनाइएको छ । 

४ हजार २ सय कतारी रियाल तलव पाउने गरी आएको उक्त डिमाण्ड नेपालीहरुका लागि आकर्षक रोजगारीको अवसरका रुपमा लिइएको छ । गत वर्ष डिमाण्ड पुर्व स्वीकृति बिना नै कतार  पुलिसको अन्तर्वार्ता गरेको भन्दै वैदेशिक रोजगार विभागले विभिन्न म्यानपावर कम्पनीमा छापा मारेर अन्तर्वार्ता रोकेको थियो ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

डिमाण्ड हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 
https://sajhajobs.com/jobs/10001


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै