२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारमा कामदार छनौटको लागि लिखित परीक्षाको मिति तोकियो

२०७८, १५ भाद्र मंगलवार ०२:०७

भदौ १५, काठमाडौँ | इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित परीक्षाको मिति तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार बिभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम फर्म भरी दरखास्त स्वीकृत भएका उमेद्वारहरुको छनौटको लागि अंग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकिएको जनाएको हो । 

बिभागको सूचना अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थतीमै हुनेछ । लिखित परीक्षा काठमाडौँको बिभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि संचालन हुनेछ । बिभागका साखा अधिकृत मात्रिका सापकोटाको अनुसार परीक्षाको समयावधि २ घण्टाको हुनेछ । परीक्षार्थीहरु परीक्षाको लागि तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । बिभागले कोरोना महामारीको मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी भईदिन सहयोग गरिदिनका लागि समेत अनुरोध गरेको छ ।

परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएको/नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगिन गरेर हेर्न सक्छन् । परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र पाउनुको साथै त्यसै प्रवेशपत्रमा परीक्षा केन्द्रको जानकारी पनि उल्लेख हुने बिभागले जनाएको छ । बिभागको अनुसार परीक्षा केन्द्रको विवरण वैदेशिक रोजगार बिभागको वेबसाइट dofe.gov.np मा समेत हेर्न सकिनेछ ।


सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका थिए । 

यस अघि बिभागले जारी गरेको बिज्ञप्तिमा इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको थियो । बिज्ञप्ति अनुसार मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

साथै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने कार्य हुने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम भइजाने व्यहोरा समेत जानकारी दिएको छ ।

मन्त्रालयले यसअघि सम्झौता कार्यान्वयन गर्ने ‘नेपाल सरकारले इजरायमा नेपलाी सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरिससकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै