२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नक्कली ‘ट्राभल डकुमेन्ट’ बनाउने यात्रुलाई १ लाख रियालसम्म जरिवाना, ५ वर्ष प्रतिबन्ध

२० भाद्र २०७८, आईतवार ०४:३९

भदौ २०, रियाद । साउदी अरबले कानून उल्लंघन गर्दै यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउने विदेशी नागरिकका लागि जरिवाना रकममा गुणात्मक वृद्धि गरेको छ। 

साउदीको मन्त्री परिषद्द्धारा हालै अनुमोदित कानूनमा ‘ट्राभल डकुमेण्ट’ को पालना नगर्ने व्यक्तिलाई १ लाख साउदी रियालसम्मको दण्ड जरिवाना गराउने प्रावधान राखिएको छ। यसअघि जरिवाना शुल्क ५ हजार साउदी रियाल मात्र थियो।

संसोधित विधान अनुसार ‘ट्राभल डकुमेन्ट’ को उल्लंघन गर्ने व्यक्तिलाई पाँच वर्षसम्म यात्रा प्रतिबन्ध लगाइने नियम पनि अनुमोदन भएको छ। यसअघि उल्लंघनकर्तालाई तीन वर्ष यात्रा प्रतिबन्ध लगाउने नियम थियो।

यस्ता उल्लंघनकर्ताविरुद्ध लागू हुनेछ कारवाहीः

–राहदानीमा उल्लेखित विवरणमा थपघट वा परिवर्तन गर्ने व्यक्ति उपर।

–राहदानी र यात्रा अनुमतिपत्रमा अप्रतिबन्धित पहुँच वा आवागमन बनाउने व्यक्ति उपर।

–जानीजानी राहदानी वा अन्य यात्रा कागजात नष्ट गर्ने वा त्यस्ता कागजातमा व्यक्तिगत फोटो परिवर्तन गर्ने व्यक्ति उपर।

–लापरवाहीको कारण राहदानी वा यात्रा अनुमतिपत्र हराउने व्यक्ति उपर।

–जानीजानी राहदानी वा यात्रा अनुमतिपत्र गैरकानुनी रूपमा दुरुपयोग वा बिक्री वितरणमा संलग्न हुने व्यक्ति उपर।

–तेस्रो पक्षसँग सम्बन्धित राहदानीको प्रयोग गर्ने व्यक्ति उपर।

–यात्रा कागजात (ट्राभल डकुमेन्ट) बिना साउदी अरब छोडेर अन्यत्र जान खोज्ने वा साउदी अरब प्रवेश गर्न खोज्ने व्यक्ति उपर।

–निर्धारित बिन्दुबाहेक अन्य बिन्दुबाट राज्यमा प्रवेश गर्ने वा छोड्ने यात्री उपर।

संसोधित नियमअनुसार यात्रा कागजात कानून (ट्राभल डकुमेन्ट ल) र यसको कार्यकारी नियमको कुनैपनि प्रावधानको उल्लंघन गर्नेलाई जरिवाना लगाइने स्रोतले बताएको छ। यद्यपि क्षम्य (माफी योग्य) भएका यात्रीको हकमा भने सो कारवाही नगरिने बताइएको छ।

यस्तै, संसोधित यात्रा कानुन अनुसार यात्रा प्रतिबन्धित देशहरू आन्तरिक मन्त्रीले तय गर्ने र राहदानी महानिर्देशनालय अन्तर्गत रहेका विभागले उल्लंघनकर्ताविरुद्ध आवश्यक कारवाही गर्ने छन्।

यसै सन्दर्भमा कानूनले यात्रा कागजात कानून वा यसको कार्यकारी नियमको उल्लंघन गनेका लागि निर्धारण गरिएका यसभन्दा पूर्वका सजायसम्बन्धी अन्य व्यवस्थालाई पनि समेटेको बताइएको छ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो