२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाईदिने भन्दै ठगि गर्नेहरु ठगि गरेको पैसा निकाल्न गएकै अवस्थामा पक्राउ

१२ आश्विन २०७८, मंगलवार ०४:२४

असोज १२, काठमाडौँ | क्यानाडामा फुड प्याकेजिङमा काममा लगाई दिने भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमा मोरङ पथरीका नगेन्द्र बिश्वकर्मा र प्रवेज आलम रहेका छन् । 

झापाको कमल गाउँपालिका वडा नं. ६ घर भएर काठमाण्डौ बानेश्वरमा बस्दै आएका आशिष काफ्ले Carrer opportunity Urgent Need in Eden Solution Canada मा आएको विज्ञापनबाट ठगिएका छन् । पिडित काफ्लेले फेसबुकमा बिज्ञापन देखेर बिज्ञापनमै रहेको व्हट्सएप नम्वर +१३०७४८१६३१४ मा सम्पर्क गर्दा क्यानाडामा फुड प्याकिङको लागि २ लाख २५ हजारमा जागिर लगाई दिने प्रलोभनमा पारेर ठगि गरेको प्रहरीमा उजुरी दिएका थिए । काफ्लेलाई क्यानडाको लागि ४ लाख खर्च लाग्छ भनि पासपोर्ट समेतका कागजातहरु पठाउन लगाएर प्रोसेसिङको लागि सिटि एक्सप्रेसवाट विभिन्न व्यक्तिहरुको नाममा  रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

काफ्लेले प्रहरीमा उजुरी दिएपछि ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको बारेमा प्रहरीके अनुसन्धान सुरु गरेको थियो । यसै क्रममा प्रहरीले आईएमई तथा सिटि एक्सप्रेस मार्फत पठाएको रकम लिने काममा संलग्न नगेन्द्र बिश्वकर्मा र परवेज आलमको समेत संलग्नता रहेको बुझिन आएको थियो । 

प्रहरीले ठगीमा संलग्नहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको सहयोग लिएको थियो । यस क्रममा असोज ८ गते दिउँसो मोरङको उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा नगेन्द्र बिश्वकर्मा र प्रवेज आलमलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकाहरुलाई काठमाडौँ स्थित प्रहरी महाशाखामा ल्याई ठगी सम्वन्धि कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ पर्नेहरुले फेसवुक पेजमा झुठ्ठा विज्ञापन बनाई व्हाट्सएप नम्वर राखी प्रलोभनमा पारेर  विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाई भौचरको फोटो समेत व्हाट्सएपमा पठा उन लगाई रकम निकाल्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरुमध्ये एक मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं. १० बस्ने ३६ बर्षका नगेन्द्र विश्वकर्मा छन् भने अर्को एक मोरङकै सुनबर्षी नगरपालिका वडा नं. ८ बस्ने ३७ बर्षका प्रवेज आलम हुन् ।

पछिल्लो समय बिभिन्न पेजमा नेपाल सरकारले अनाधिकृत बिज्ञापन देखिन थालेको छ । वैदेशिक रोजगारको प्रलोभनमा नेपाली युवाहरु निरन्तर ठगि गिरोहको चंगुलमा पर्ने गरेका छन् । वैदेशिक रोजगारको नाममा हुने ठगि नियन्त्रणमा वैदेशिक रोजगार बिभागको नेतृत्व मौन बसिदिंदा ठगि थप मौलाउने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो