२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८, १३ आश्विन बुधबार ०४:३१

 असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।  संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागिअत्याधुनिक मास्क संघका स्वर्गीय अध्यक्ष विष्णु प्रसाद गैरेकी धर्मपत्नी लक्ष्मी गैरेले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् ।   

संघले स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको ५ सय थान मास्कको मुल्य करिब ६० लाख बराबर रहेको महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए । संघले मंगलबार नै प्रहरी अस्पताललाई सय थान र  शिक्षण अस्पताल तथा मनमोहन मेमोरियल टिचिङ अस्पतालमा करिब दुई सय थान मास्क वितरण गरिएको महासचिव श्रेष्ठले बताए । गैरसरकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अत्याधुनिक मास्क वितरण गरिएको उनले बताए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै राज्यमन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई खोप र क्युआर कोडसहित कार्ड उपलब्ध गराउने काम मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए ।

यसअघि छाउनीस्थित आर्मी अस्पताल र नेपाल प्रहरी अस्पतालबाट दिइँदै आएको क्युआर कोड अब आयुर्वेद अस्पताल नरदेवी र हामियोप्थी अस्पताल पुल्चोकबाट पनि दिने निर्णय भएको राज्यमन्त्री श्रेष्ठले बताए । धुलिखेल अस्पताल, ग्राण्डी अस्पताल जनमैत्री अस्पताल र स्टार अस्पतालमा पनि केही दिनमा सेवा लैजाने पहल भएको राज्यमन्त्री श्रेष्ठको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै